७ कार्तिक २०८३, शनिबार | October 24, 2026

टी-२० विश्वकप वार्मअप : क्यानडालाई ६ विकेटले हराउँदै नेपालको लगातार दोस्रो जित



काठमाडौं । आईसीसी टी-२० क्रिकेट विश्वकपको वार्मअप खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार चेन्नईमा सम्पन्न दोस्रो वार्मअप खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको हो ।

यसअघि नेपालले पहिलो वार्मअप खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गरेको थियो ।

चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट रंगशालामा भएको खेलमा क्यानडाले प्रस्तुत गरेको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर आसिफ सेखले सर्वाधिक ५८ रनको योगदान दिए । उनले २९ बल खेल्दै ६ चौका र तीन छक्का प्रहार गरे । सन्दीप जोराले ३० बलमा चार चौका र एक छक्कासहित ४४ रन जोडे । गुल्सन झाले ३१ रन बनाए भने अर्का ओपनर कुशल भुर्तेलले १२ रन जोडेर आउट भए ।

क्यानडाका तर्फबाट जसकरन सिंह, साद बिन जफर र अजयभिर हुँदालले समान एक-एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको क्यानडाका लागि ओपनर नभ्नीत धलिवालले सर्वाधिक ४१ रन बनाए । उनले ३६ बलमा एक चौका र तीन छक्का प्रहार गरे । अविजित रहेका श्रेयस मोभाले १९ बलमा दुई चौका र तीन छक्कासहित ३८ रन जोडे ।

तेस्रो नम्बरमा आएका कनवरपाल तथगुरले २४ बलमा दुई चौका र एक छक्कासहित २५ रन बनाए । जसकरण सिंहले २१ रन जोडे भने निकोलस किर्टनले १० रन बनाए ।

नेपालका बलरमध्ये कुशल भुर्तेल र सन्दीप लामिछानेले समान दुई-दुई विकेट लिए । सोमपाल कामी र नन्दन यादवले एक-एक विकेट लिए ।

भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने टी-२० विश्वकपमा नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै आफ्नो अभियानको सुरुआत गर्नेछ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ४ : ५६ बजे

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवन । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र