४ पुस २०८२, शुक्रबार | December 19, 2025

सोलखुम्बुमा मतदान अधिकृत र धनकुटामा मतदान केन्द्रमा खटिएकी कर्मचारीको मृत्यु



काठमाडौं । ४ मंसिरमा हुने निर्वाचनमा खटिएका दुई कर्मचारीको ज्यान गएको छ ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका नम्बर ४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु रायको ज्यान गएको छ । उनी शनिबार बिहान सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी सुनीलजंग शाहले जानकारी दिएका छन्  ।

सर्लाही हरिपुर्वा नगरपालिका ५ घर भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए । उनले लामो समयदेखि सुगर र मुटुको औषधि प्रयोग गर्दै आएको खुलेको छ ।

धनकुटामा पनि मतदान केन्द्रमा खटिएकी एक कर्मचारीको ज्यान गएको छ ।

साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी पवित्रा याख्खा लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए । उनको  शुक्रबार अपराह्न मृत्यु भएको हो ।

मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्किँदै गर्दा लिम्बू अचानक बेहोस भएर लडेकी थिइन् ।

उपचारका लागि धरान लैजाने क्रममा गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरी जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ९ : ५० बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज