२२ माघ २०८२, बिहिबार | February 5, 2026

सोलखुम्बुमा मतदान अधिकृत र धनकुटामा मतदान केन्द्रमा खटिएकी कर्मचारीको मृत्यु



काठमाडौं । ४ मंसिरमा हुने निर्वाचनमा खटिएका दुई कर्मचारीको ज्यान गएको छ ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका नम्बर ४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु रायको ज्यान गएको छ । उनी शनिबार बिहान सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी सुनीलजंग शाहले जानकारी दिएका छन्  ।

सर्लाही हरिपुर्वा नगरपालिका ५ घर भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए । उनले लामो समयदेखि सुगर र मुटुको औषधि प्रयोग गर्दै आएको खुलेको छ ।

धनकुटामा पनि मतदान केन्द्रमा खटिएकी एक कर्मचारीको ज्यान गएको छ ।

साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी पवित्रा याख्खा लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए । उनको  शुक्रबार अपराह्न मृत्यु भएको हो ।

मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्किँदै गर्दा लिम्बू अचानक बेहोस भएर लडेकी थिइन् ।

उपचारका लागि धरान लैजाने क्रममा गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरी जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ९ : ५० बजे

टी-२० विश्वकप वार्मअप : क्यानडालाई ६ विकेटले हराउँदै नेपालको लगातार दोस्रो जित

काठमाडौं । आईसीसी टी-२० क्रिकेट विश्वकपको वार्मअप खेलमा नेपालले लगातार

रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट रौतहटमा चार वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र गाडी चालक फरार

जनकपुरधाम । रौतहट-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार

काश्मिर समस्या समाधान बिना दक्षिण एसियामा दिगो शान्ति सम्भव छैन : पाकिस्तान

काठमाडौं । ‘काश्मिर एक्यवद्धता दिवस’को अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासले एक

भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन,

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु मुस्ताङ । यहाँस्थित वारागुङ