२२ माघ २०८२, बिहिबार | February 5, 2026

गगन थापाले भने – सांसद भएको भोलिपल्टैदेखि संसदीयदलको निर्वाचनको तयारी गर्छु



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफु सांसदमा निर्वाचित भएको भोलिपल्टदेखि नै पार्टी संसदीय दलको निर्वाचनको तयारी गर्ने बताएका छन् ।

काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार थापाले मैतीदेवी मतदान केन्द्रबाट मतदान गरेपछि संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै सांसद निर्वाचित भएपछि पार्टीको संसदीय दलको निर्वाचन प्रक्रिया तयारी थाल्ने बताएका हुन् ।

थापाले संसदीय दलको नेताका लागि चुनावका लागि आफु पनि लड्ने योजना रहेको बताए । यसअघि नै थापाले नयाँ प्रधानमन्त्रीमा आफ्नो दाबी रहेको बताउँदै आएका थिए । ‘मैले मेरो दाबी प्रस्तुत गरिसकेको छु। म सांसद भएर गएको भोलिपल्टदेखि संसदीय दलको निर्वाचनको तयारी गर्नेछु,’ संसदीय दलको निर्वाच्न जित्ने हो र ड्राइभिङ सिटमा बसेर देशलाई हाँक्ने हो भन्ने मेरो संकल्प हो।’

थापाले काठमाडौं ४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिने दाबी समेत गरे ।

 

 

 

 

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : १६ बजे

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका