२१ माघ २०८२, बुधबार | February 5, 2026

को हुन एमाले उपमहासचिव प्रदीप ज्ञवाली हराउने चन्द्र भण्डारी ?



गुल्मी । गुल्मी जिल्लाको छत्रकोट, हुँगा गाउँमा जन्मिएका डा. चन्द्र भण्डारी नेपाली कांग्रेसमा प्रखर र निडर नेताका रुपमा चिनिन्छन् । चाहे पार्टीमा होस् वा जनतामा ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्ने आँट भएका नेताकारुपमा पनि भण्डारीको पहिचान छ । गाँउमा नै भएको धनीले गरिवलाई गर्ने शोषण, ठुला जातले साना जातलाई गर्ने अवहेलनाबाट भण्डारी राजनीतिमा आकर्षित भए । २०१८ सालमा पिता ईश्वरी प्रसाद भण्डारी र आमा हरिकला भण्डारीको कोखबाट जन्मेका भण्डारीको माध्यामिक तह हुँगाकै ठुलापोखरा स्थित जनता जागृति माबिमा सकेका थिए । विद्यार्थीकालमा नै राजनीतिमा आकर्षित भण्डारीले विद्यालय पढ्दाकै अवस्थामा अन्यायका विरुद्ध आवाज उठाउनु पर्छ भन्ने गरेको उनीसँग पढेका सहपाठीहरु स्मरण गर्ने गर्दछन् ।

गुल्मीमा नै नेपाल बिद्यार्थी संघको सदस्य बनेका चन्द्र भण्डारी २०३४ सालमा पाल्पा क्याम्पसमा भर्ना भएलगत्तै क्याम्पस इकाई समितिको सभापति बनेका थिए । उनले पाल्पा क्याम्पस स्ववियु निर्वाचनमा सभापतिमा चुनाव लड्दा २ पटक पराय भोगेपनि तेस्रो पटक स्ववियु सभापतिमा विजयी बन्न सफल भए । २०३४ देखि झण्डै १५ वर्ष विद्यार्थी राजनीति गरेका भण्डारी २०४८ सालमा नेपाल विद्यार्थी संघको महामन्त्रीको जिम्मेवारीमा पुगेका थिए ।

भण्डारी २०६७ पछि निरन्तर पार्टीको केन्द्रीय सदस्य छन् । दशौं महाधिवेशनबाट १३ औं महाधिवेशन सम्म केन्द्रीय सदस्यमा जितेका उनी २०७८ मंसिरमा सम्पन्न १४ औं महाधिवेशनमा भने उपसभापति पदमा मा उठेर पराजित भएका थिए ।

पंचायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा पक्राउ परेर झण्डै ६ वर्ष उनले जेल जिवन बिताएका छन् ।

नेपाली लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण घटना मध्य कांग्रेस नेता गिरिजा प्रसाद कोईरालाको हत्या गर्ने योजना सहित घटाइएको सुर्यपुरा घटनाको डा. भण्डारी जिउँदो साक्षी पनि हुन् । उक्त घटनामा भण्डारी गम्भीर घाईते भएका थिए । हाल एमालेको समर्थनमा रुपन्देही ३ बाट उम्मेदवार भएका दीपक बोहराको योजनामा पञ्चायतले पालेका मण्डलेहरुबाट भएको सांघातिक आक्रमणमा परि कांग्रेस नेता यादवनाथ आलोकको मृत्यु भएको थियो ।

नेपाली कांग्रेसको देशव्यापी अभियान अन्तरगत नेपाली कांग्रेसका नेताहरु गिरिजा प्रसाद कोइराला, शेर बहादुर देउवा, सैलजा आचार्य,रामचन्द्र पौडेल सहितको टोली २०४० फागुन २० गते रुपन्देहीको कार्यकर्ता प्रशिक्षणमा भागलिन आएको थियो । रुपन्देहीको हाल देवदह नगरपालिका ३ तत्कालिन केरवानी पञ्चायतको सुर्यपुरा गाउँमा त्यतिखेरका कांग्रेसका रुपन्देही सभापति पुष्पानन्द गिरीको घरमा आयोजना भएको सो कार्यक्रमको सूचना पाएका तत्कालिन सिडिओ दानवहादुर शाही, अञ्चलाधिस काजिमान कंगदवहा र दिपक बोहराले बुटवलको अञ्चलाधिस कार्यलयमा बसेर कांग्रेसको नेतृत्वलाई समुल हत्या गर्ने योजना बनाएका थिए ।

यो घटनामा २०० जना घाईते, ३२ जना अंग भंग र २ जनाको हत्या भएको त्यतिखेरका प्रत्यक्षदर्सिहरु बताउँछन । त्यही घटनामै इट्टाले लागेर हाल प्रधानमन्त्री रहेका कांग्रेस नेता शेरबहादुर देउवाको ओँठ काटिएको थियो । त्यसको दाग अझैपनि देउवाको अनुहारमा देख्न सकिन्छ । सोही घटनामा गुल्मीका कलाधर भण्डारी र चन्द्र भण्डारी पनि गम्भीर घाइते भएका थिए ।

डा. भण्डारी २०६४, २०७० र २०७४ को राष्ट्रिय निर्वाचनमा गुल्मी २ बाट उम्मेदवार बनेकोमा उनले २०७० मा एक पटक मात्र विजयी बनेका थिए । यस पटक उनी दोस्रो पटक सांसद बनेर जाँदैछन् ।

२० वर्षदेखि एमालेले जित्दै आएको क्षेत्र ७० सालमा कांग्रेसको पोल्टामा ल्याउन सफल भएका भण्डारी ७४ सालमा पराजित भएपनि यसपटक पुनः सत्ता गठबन्धनको सहयोगमा इतिहास दोहोर्‍याउना सफल भएका छन् । चौथो पटक पनि उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रभावशाली नेता प्रदीप ज्ञवालीसँगै परेको भएपनि यस पटक गुलमेली जनताले भण्डारीलाई विजयी बनाएर पठाएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ३ : ५९ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता