२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

समानुपातिकमा तेस्रो स्थानमा उक्लियो माओवादी



काठमाडौं । नेकपा माओवादी केन्द्र समानुपातिक निर्वाचन प्रणालीमा तेस्रो स्थानमा रहेको छ ।

जारी मतगणनाको दिउँसो १:३० बजेसम्मको अपडेट अनुसार माओवादीले ८ लाख १४ हजार ३३४ मत प्राप्त गरेको छ ।

यसअघि निरन्तर तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा चौंथो स्थानमा झरेको छ । रास्वपाले ७ लाख ९५ हजार ८५८ मत ल्याएको छ ।

सुरुवात देखि नै पहिलो स्थानमा रहँदै आएको नेकपा एमालेले १९ लाख १७ हजार ७५८ मत ल्याएको छ भने नेपाली कांग्रेस १८ लाख ४४ हजार ३० मतका साथ दोस्रो स्थानमा रहेको छ ।

पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको ४ लाख ९ हजार ८०० मत आएको छ भने छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टी जसपाको २ लाख ३० हजार १२ मत रहेको छ । यस्तै, सातौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले १ लाख ७६ हजार ८४३ मत ल्याउन सकेको छ ।

हालसम्मको तथ्यांकअनुसार ६ वटा पार्टी राष्ट्रिय पार्टी बन्ने चरणमा पुगेका छन् ।

 

 

 

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १ : १३ बजे

राष्ट्रिय परिचयपत्र भएका नेपालीले घर/कार्यस्थलबाटै मतदाता नामावली दर्ता गर्न सक्ने

काठमाडौँ। मतदाता नामावलीमा समावेश हुन अव आयोग अन्तर्गतको कार्यालयमा जान

‘युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन संशोधन गरिएको हो ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

गुल्मी । रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान

बुटवलमा एमालेले शनिबार जनसभा गर्दै

बुटवल । नेकपा एमालेले आगामी शनिबार देशभरका जिल्लाहरूमा जनसभा गर्दै