२ पुस २०८२, बुधबार | December 17, 2025

इलाम–२ मा : एमाले उपाध्यक्ष नेम्वाङ फेरि पछाडि



इलाम । इलाम क्षेत्र नं २ को मतगणना अन्तिम समयमा पुग्दा रोचक बन्दै गएको छ । यहाँ नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मतअन्तर क्रमशः घट्दै गएर अहिले पछि परेका छन् ।

इलाम नगरपालिकाको मत गणना हुनुअघि करिब दुई हजार मतले अघि रहेका नेम्वाङको मत अन्तर क्रमशः घट्दै गएको हो । हाल उनी १६ मतले पछि परेका छन् ।

नेपाली कांग्रेसका उम्मेदार डम्बरबहादुर खड्काले २८ हजार चार सय ८६ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार नेम्वाङले २८ हजार चार सय ७० मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

अब इलाम नगरपालिका–१ र २ को मत गन्न बाँकी छ । यस निर्वाचन क्षेत्रमा ६९ हजार ८५ मत खसेको थियो । यो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ दुई स्वतन्त्रसहित १४ जनाले उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  २ : ४७ बजे

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११