३१ श्रावण २०८३, आइतबार | August 16, 2026

देउवापछि प्रचण्डलाई भेटे भारतीय राजदूत श्रीवास्तवले



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम अन्तिमतिर आउँदै गर्दा भारतीय राजदूतको दौडधुप पनि सुरु हुन थालेको छ ।

राजदूत नविन श्रीवास्तवले आज सत्तागठबन्धनका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेतालाई छुट्टाछुट्टै भेट गरेका छन् । पहिला कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका श्रीवास्तवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु लाई भेटेका छन् ।

शनिबार प्रचण्ड निवास खुमलटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भारतीय राजदूत नवीन श्रीवास्तव खुमलटारमै पुगेर अध्यक्षज्युसँग भेटवार्ता गरेको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्ड र श्रीवास्तवबीच समसमायिक विषयमा पनि छलफल भएको थियो ।

राजदूत श्रीवास्तवले यसअघि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ८ : ३२ बजे

कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिँदै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात जना घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका-२ रिसाङमा गएको पहिरोमा

सुक्खा पहिरो पन्छाएपछि नारायणगढ-काठमाडौं सडक दुईतर्फी सञ्चालनमा

चितवन । पृथ्वीराजमार्गअन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाएपछि नारायणगढ-काठमाडौं

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । टिपरको ठक्करबाट यहाँ एक जना साइकलयात्रीको मृत्यु भएको

सुरु भयो मिथिलामा झुलनोत्सव

महोत्तरी । ‘सखी हे, झुला पडल फूलबगियाक डार, सीतासँग झुलथी