२ पुस २०८२, बुधबार | December 17, 2025

संवाद र सहमति खोजेर अघि बढौं : एमाले उपाध्यक्ष पौडेल



बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा नव निर्वाचित प्रतिनिधिसभा सदस्य विष्णु प्रसाद पौडेलले संवाद र सहमतीमा अघि बढ्न दलहरुलाई आग्रह गरेका छन् ।

साझा आवश्यकताहरुलाई पहिचान गरी दलहरु अघि बढ्न आह्वान गरेका छन् । विवाद र दुरी खोजेर नभई संवाद र सहमती खोजेर अघि बढ्नु पर्ने आवश्यकता अौल्याएका छन् ।

मंसिर-४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको अन्तिम मत परिणामपछि निर्वाचित भएको प्रमाणपत्र बुझे लगत्तै बुटवल नगर परिक्रमापछि आयोजित कोणसभामा बोल्दै पौडेलले सबै दल मिलेर साझा अवधारणाकासाथ अघि बढ्नु पर्ने बताए ।

मतदाता तथा निरवाचनमा सहभागी सबै दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई समेत धन्यवादसहित आभार व्यक्त गर्दै आफूले सबैलाई समेटेर अघि बढ्नेप्रतिवद्धता व्यक्त गरेका छन् ।

जनताको सम्मान र स्वाभिमानमा आच आउन नदिने गरि नेकपा एमालेले जनाएका चुनाबी प्रतिवद्धताहरु पूरा गर्ने पौडेलले प्रतिवद्धता गरे । रुपन्देहीमा निर्माणाधिन आयोजनाहरुको प्रभावकारी कार्यान्वयनका जोड दिँदै जनअपेक्षा अनुसार अघि बढ्ने उल्लेख गरे ।

सोही कार्यक्रममा बोल्दै रुपन्देही-२(१) बाट प्रदेशसभाका लागि निर्वाचित एमाले नेता लिला गीरीले  सामुहिक भावनालाई समेट्नेगरी अघि बढ्ने उल्लेख गरे । यसैगरी प्रदेशसभा तर्फ रुपन्देही-२ (२) बाट निर्वाचित भोजप्रसाद श्रेष्ठले सुशासन र भ्रषटाचारमा शून्य सहनशिलता अपनाएर जनताको सेवामाअघि बढ्ने उल्लेख गरे ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ८ : ५० बजे

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११