२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

फिफा विश्वकप-२०२२ : समूह ‘डि’ को खेलमा फ्रान्स विजयी



काठमाडौं । कतारमा जारी फिफा विश्वकप-२०२२ अन्तर्गत समूह ‘डि’को खेलमा डेनमार्कलाई पराजित गर्दै फ्रान्स विजयी भएको छ ।

दोहास्थित रंगशाला ९७४ रंगशालामा आज भएको खेलमा फ्रान्सले डेनमार्कलाई २-१ गोलअन्तरले पराजित गरेको हो । डेनमार्कविरुद्धको जीतसँगै फ्रान्स नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

फ्रान्सको जितमा किलियन एमबाप्पेले दुई गोल गरे । खेलको दोस्रो हाफको ६१ औं मिनेटमा एमबाप्पेले गोल गर्दै सुरुआती अग्रता दिलाए । त्यसको केहीबेरमा नै डेनमार्कले बराबरी गोल गर्न सफल भयो । खेलको ६८ औ मिनेटमा डेनमार्कका लागि आन्द्रेस क्रिस्टेन्सनले कर्नरमा आएको बललाई हेडरमार्फत् गोल गर्दै खेललै १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ८६ औ मिनेटमा फ्रान्सका लागि एमबाप्पेले दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । फ्रान्सले २ खेलमा ६ अंक जोडेको छ । यसै समूहमा रहेका अष्ट्रेलियासँग तीन तथा डेनमार्क र ट्युनिसियाको समान १-१ अंक छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ६ : ५१ बजे

पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु

काठमाडौं । बाह्र दिनदेखि प्रतिबन्धित पश्चिम एसिया क्षेत्रको हवाई उडान

प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’, कटाउनेले कति पाए ?

काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये

रवि लामिछाने विरुद्धको अभियोग पत्र फिर्ताविरुद्धको रिट सपना मल्ल र श्रीकान्त पौडेलको इजलासमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड २० लाख वित्तीय सहयोग

काठमाडौं । विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु