३१ श्रावण २०८३, आइतबार | August 16, 2026

३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउन राजनीतिक दल र उम्मेदवारलाई आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले हालै सम्पन्न आमनिर्वाचनमा सहभागी भएका राजनीतिक दल र उम्मेदवारलाई ३५ दिनभित्र निर्वाचन खर्च बुझाउन निर्देशन दिएको हो ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन खर्चको विवरण पेस गर्न आयोगले निर्देशन दिएको हो ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचन खर्चको विवरण पेस गर्ने सम्बन्धमा दिएको निर्देशनबारे आयोगले जारी गरेको विवरण :

१. पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फः–

(क) प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ मनोनयनपत्र पेश गरेका उम्मेदवारहरुले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश÷जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले पैंतीस दिनभित्र प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची –४० बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेश गर्नु पर्नेछ।

(ख) खण्ड (क) बमोजिम निर्वाचन खर्चको विवरण पेश गर्दा तोकिएको हद बमोजिमको रकम मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जाल समेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषयको खर्चको विवरण उल्लेख गरी निर्वाचन खर्चको विवरण बुझाउनु पर्नेछ।

(ग) उम्मेदवारले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नाम समेत उल्लेख गरी पेस गर्नु पर्नेछ।

(घ) निर्वाचन प्रचारप्रसारको लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफै वा आफ्नो प्रतिनिधि मार्फत मतदान सम्पन भएको मितिले पन्ध्र दिन भित्र निर्वाचन कार्यालयमा पेश गर्नु पर्ने भएकोले सो समेत उल्लेख गर्नु पर्नेछ।

२. समानुपातिक निर्वाचन प्रणाली तर्फः

(क) समानुपातिक निर्वाचन प्रणाली तर्फ बन्दसूची पेश गरेका राजनीतिक दलहरुले निर्वाचन परिणाम घोषणा भएको मितिले पैंतीस दिनभित्र प्रतिनिधि सभा सदस्यको लागि प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची –३४ र प्रदेश सभा सदस्यको लागि प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची –३६ बमोजिमको ढाँचामा आयोगमा पेश गर्नु पर्नेछ।

(ख) खण्ड (क) बमोजिम निर्वाचन खर्चको विवरण पेश गर्दा तोकिएको हद बमोजिमको रकम मतदाता नामावली खरिद, सवारी साधन (हेलिकप्टर प्रयोग गरेको भए सो समेत), प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जाल समेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषयको खर्च उल्लेख गर्नु पर्नेछ।

(ग) राजनीतिक दलले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नाम समेत उल्लेख गरी पेश गर्नु पर्नेछ।

३. बुँदा नं १ र २ बमोजिम निर्वाचन खर्चको विवरण पेश गर्ने सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारलाई जानकारी गराउने प्रयोजनार्थ कार्यालयमा सूचना प्रकाशन गर्ने र सोही बमोजिम पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन खर्चको विवरण संकलन गरी आयोगको क्ष्भ्क्ष्ःक् प्रणालीमा अभिलेख राखी सो सम्बन्धी कागजात सुरक्षित राख्न सबै प्रदेश/जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ३ : १५ बजे

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन उर्जा जानकारहरुको सुझाव

काठमाडौं । मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई

रोल्पाको लुङग्रीमा गएको पहिरोमा पुरिँदा एक जनाको मृत्यु

रोल्पा । लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको

कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिँदै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात जना घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका-२ रिसाङमा गएको पहिरोमा

सुक्खा पहिरो पन्छाएपछि नारायणगढ-काठमाडौं सडक दुईतर्फी सञ्चालनमा

चितवन । पृथ्वीराजमार्गअन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाएपछि नारायणगढ-काठमाडौं