२९ माघ २०८२, बिहिबार | February 12, 2026

कमजोर बन्दै अमेरिकी डलर, नेपाललाई राहत



काठमाडौं । एक सातामा अमेरिकी डलर कमजोर हुँदै गइरहँदा नेपाली मुद्रा बलियो बन्दै गइरहेको छ ।

अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा बलियो बनेपछि नेपाली मुद्रा समेत प्रभावित भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको नेपाली खरिद मूल्य  १२९.६५ रुपैयाँ पुगेको छ भने बिक्री दर १३०.२५ रुपैयाँ कायम छ । गत बुधबार खरिद दर १२९.९८ रुपैयाँ र बिक्री दर १३०.५८ रुपैयाँ थियो ।
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पवेलले ब्याजदरमा वृद्धिदरको गति घटाउने संकेत गरेपछि डलर कमजोर हुँदै गइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विदेशी पुँजी प्रवाह बढ्ने र घरेलु सेयर बजारमा वृद्धि भएपछि डलरको भाउ कमजोर भएको छ । फेडले ब्याजदरलाई डिसेम्बरभित्रै कम गर्ने अनुमान समेत गरिएको छ ।

यस्तो छ डलर र नेरुको एक साताको ट्रेन्ड

शुक्रबार -खरिद दर : १२९.६५, बिक्री दर : १३०.२५
बिहीबार – खरिद दर : १२९.९८ बिक्री दर : १३०.५८
बुधबार – खरिद दर : १३०.४६ बिक्री दर : १३१.०६
मंगलबार – खरिद दर : १३०.३८ बिक्री दर : १३०.९८
सोमबार – खरिद दर : १३०.४० बिक्री दर : १३१
आइतबार – खरिद दर : १३०.४० बिक्री दर : १३१

बाह्य क्षेत्रमा राहत
नेपालको अर्थतन्त्रमा पछिल्लो डेढ वर्षदेखि बाह्य क्षेत्रमा परेको चापलाई राहत पुग्ने देखिन्छ । विश्व बजारमा रुसरयुक्रेन युद्धका कारण आपूर्ति प्रणाली खलबलिएसँगै महँगी चुलिएपछि आयातमुखी अर्थतन्त्र भएका नेपाल जस्ता देशलाई विदेशी मुद्राको संकट परिरहेको छ । शोधनान्तर घाटामा पुगेपछि बैंकिङ प्रणालीमा तरलता असहजता बढ्दै गएर ब्याजदर वृद्धि तिव्र भएको छ । यसले उत्पादन र लगानीको क्षेत्रमा मन्दीको अवस्था निम्त्याएको छ ।

डलर कमजोर बन्दा नेपालले आयात गरेबापत बाहिर पठाउने मुद्रा सस्तो पर्न जान्छ । जसले आयातमार्फत शोधनान्तरमा परेको चापलाई समेत कम गर्ने देखिन्छ । डलर सस्तो हुनु भनेको एक किसिमले महँगी दरमा समेत कमी आउनु हो ।

त्यस्तै डलर सस्तो हुँदा विदेशमा पढ्न जाने नेपाली विद्यार्थीले तिर्ने शुल्क पनि घट्ने छ। त्यस्तै नेपालले वैदेशिक विकास साझेदारहरूसँग लिएको ऋणको साँवाब्याजको दायित्व समेत कम पर्ने हुन्छ ।  डलरको भाउ घटेसँगै भुक्तानीमा पनि सहजता आउने भएकाले बाह्य क्षेत्रमा चाप घट्ने अर्थशास्त्रीहरूको अनुमान छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ९ : ५८ बजे

टी-२० विश्वकपमा नेपालको निराशाजनक प्रदर्शन, इटालीसँग १० विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपाल

रुकुमपूर्व पुगे प्रचण्ड, लुकुमका स्थानीयले गरे खाम मगर संस्कृतिअनुसार स्वागत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा रुकुम पूर्वका उम्मेदवार

इटालीविरुद्ध नेपालको कमजोर ब्याटिङ, जम्मा १२३ रनको योगफल

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत इटालीविरुद्धको खेलमा

यी संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा माग्न नपाउने

काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन खर्चका लागि भन्दै आर्थिक सहयोग

डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस

डडेल्धुरा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा गढ जोगाउन प्रयासमा