२९ माघ २०८२, बिहिबार | February 12, 2026

एन आई सी एशियाले ल्यायो विश्वकप योजना, ३०० भाग्यशालीले फाइनल खेल सिनेमा हलमा हेर्न पाउने



काठमाडौ । एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवर्धन लागि आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ ।

यस योजना अनुसार बैंकको मोबाइल बैंकिङ्ग  एप प्रयोग गरी विश्वकपका खेलहरुको सही बिजेता अनुमान गर्ने फुटबल पे्रमी ग्राहकहरुमध्ये प्रत्येक खेलमा ५ देखि १० जनालाई रू ५०० देखि रू। २००० सम्मको मोबाइल टपअप प्रदान गर्ने व्यवस्था बैंकले गरेको छ ।

साथै, उक्त योजना अन्तर्गत भाग्यशाली ३०० जनालाई बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गर्नेछ ।

२० लाख पटक भन्दा बढी डाउनलोड भैसकेको  एपमा बैंकले विश्वकपको सम्पूर्ण खेलहरूको तालिका सहित खेलसम्बन्धी अन्य विवरणहरू समेत समावेश गरेको छ ।

जसको आधारमा ग्राहक महानुभावहरूले प्रत्येक खेल सुरु हुनुअघि बिजेता अनुमान गर्न सक्नुहुनेछ । काठमाडौंस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्नका लागि वितरण गरिने ३०० वटा टिकटमध्ये १४० वटा ग्राहकहरूलाई र २०७९ मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टहरूलाई प्रति मर्चेन्ट २ देखि ४ वटाका दरले १६० टिकट वितरण गर्ने व्यवस्था बैंकले गरेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ७ : ५३ बजे

टी-२० विश्वकपमा नेपालको निराशाजनक प्रदर्शन, इटालीसँग १० विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपाल

रुकुमपूर्व पुगे प्रचण्ड, लुकुमका स्थानीयले गरे खाम मगर संस्कृतिअनुसार स्वागत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा रुकुम पूर्वका उम्मेदवार

इटालीविरुद्ध नेपालको कमजोर ब्याटिङ, जम्मा १२३ रनको योगफल

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत इटालीविरुद्धको खेलमा

यी संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा माग्न नपाउने

काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन खर्चका लागि भन्दै आर्थिक सहयोग

डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस

डडेल्धुरा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा गढ जोगाउन प्रयासमा