२ पुस २०८२, बुधबार | December 17, 2025

देशमा माफियाको बोलाबाला चलेको छ, नेताहरु दलाल जस्तै देखिएका छन् : चन्द्र भण्डारी



बुटवल । सरकारको नेतृत्व युवाले गर्नु पर्ने चर्चा चलिरहेका बेला कांग्रेस नेता एवं गुल्मी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले उमेरले भन्दा पनि विचारले युवा भएको नेतृत्व मुलुकले खोजेको बताएका छन् । प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले विचारमा उर्जा र युवा जोश भएको नेतृत्व मुलुकले खोजेको बताए ।

उनले मुलुकको मुख्य रोग भ्रष्टाचार भएको उल्लेख गर्दै आफ्नो पहिलो प्राथमिकता कानुन बनाएर भ्रष्टाचार नियन्त्रण गर्नेमा रहने बताए । बहुदलीय व्यवस्था ल्याएको ३० वर्ष पुग्दा पनि जनताको जीवनस्तर जहाँको त्यहिँ रहेको चर्चा गर्दै नेता भण्डारीले नेताहरु जनताबाट निकै टाढा पुगेको बताए । निर्वाचित जन प्रतिनिधिहरु पार्टीको रसिदमा भुण्डिएका कारण मुलुकले गति लिन नसकेको उनको भनाई छ । सदस्यताको रसिद भन्दा माथि उठेर काम गर्न जनप्रतिनिधिहरुलाई उनले आग्रह गरे । आफु चुनाव प्रचारमा हिँड्दा किसानहरु आत्माहत्या गर्ने अवस्थाको डिप्रेशनमा गएको पाएको बताउँदै भण्डारीले नेताहरु पदको दलाल जस्तो देखिएको आरोप लगाए । ‘सबैतिर माफियाको बोलाबाला छ, कसरी हुन्छ विकास ?’ उनले प्रश्न गरे ।

अहिलेको निर्वाचनले पार्टीमा फरक मत राख्न सक्ने युवाहरुलाई निर्वाचित गरेको भन्दै भण्डारीले त्यही फरक मत राख्न सक्ने युवाको टिमले पार्टिलाई जोगाउँदै नयाँ योजना बनाएर अगाडि बढ्ने जनाए । ‘फरक मत राख्न सक्ने टिम निर्वाचित भएका छन् । एमालेमा पनि छन् । काठमाडौं गएर टिममा छलफल हुन्छ, पार्टी जोगाउँदै मिलाएर जान्छौ ।’ उनले भने ।

महाधिवेशनमा सशक्त विचार राखेको टिमले चुनाव जितेको बताउँदै उनले संस्थापन पक्ष विरुद्ध आवाज उठाउनेहरु बलियो अवस्थामा पुगेको संकेत गरे । गगन थापाको नेतृत्वको विषयमा पत्रकारहरुको प्रश्नमा उनले युवा जोश जाँगर भएको जो पनि नेतृत्वमा पुग्न सक्ने बताए । नतिजा दिन सक्ने युवा देशले खोजेको उनले बताए ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  १० : २४ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन