२ माघ २०८२, शुक्रबार | January 16, 2026

तुलसालयद्वारा निःशुल्क आँखा उपचार शिविर आयोजना



ललितपुर । तिलगङ्गा आँखा अस्पतालको सहयोगमा तुलसादेवी हरिहर फाउन्डेसनद्वारा आज आयोजित निःशुल्क आँखा शिविरबाट दुई सय भन्दा बढी नागरिक लाभान्वित भएका छन् ।

ललितपुर महानगरपालिका वडा नं २५ स्थित जन उदय माध्यमिक विद्यालय परिसरमा आयोजना गरिएको शिविरमा तुलसादेवी हरिहर फाउन्डेसनद्वारा सञ्चालन गरिएको तुलसालय अनाथ आश्रममा आश्रित बालबिालका, ज्येष्ठ नागरिक तथा मानसिक रोग भएकाहरुका साथै अन्य स्थानीय नागरिकहरु पनि लाभान्वित भएका थिए ।

तिलगङ्गा आँखा अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीहरु सरोज देवकोटा, नरुदेव भण्डारी, मनिषा प्रजापतिलगायत दश जनाको समूहले आँखाको जाँच गरेको थियो ।

सो शिविरमा एक वर्षको बच्चादेखि ८८ वर्षका ज्येष्ठ नागरिकसम्मले सेवा पाएका र सो शिविरमा आएकामध्ये मोतियाबिन्दु भएका पाँच र आँखामा मासु पलाएका चार जनालाई थप उपचारका लागि अस्पताल बोलाइएको र उनीहरुको शल्यक्रिया अस्पतालले निःशुल्क गरिदिने अस्पतालले जनाएको छ ।

ललितपुरको नख्खुडोलमा अवस्थित तुलसादेवी हरिहर फाउन्डेसनद्वारा सञ्चालित तुलसालय आश्रममा बालबालिका, ज्येष्ठ नागरिक तथा मानसिक रोग भएकासमेत गरेर ४३ जना  आश्रित रहेका छन् ।

सो शिविरमा उक्त फाउन्डेसनकी अध्यक्ष सरु सुवेदी, स्थानीय समाजसेवी राजकुमार थापा र ललितपुर महानगरपालिका वडा नं २५ का वडा अध्यक्ष दौलत कुमार खत्रीले आँखाको उपचारजस्तो संवेदनशील र पुण्य कर्ममा सहयोग पुर्याएकामा तिलगङ्गा आँखा अस्पताललाई धन्यवाद ज्ञापन गरेका थिए । – रासस

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ७ : ०६ बजे

नयाँगाउ माविको ६३ औँ वार्षिकोत्सव सम्पन्न, भारतीय दूतावासको सहयोगमा १२ कोठे भवन शिलान्यास

बुटवल । बुटवल उपमहानगरपालिका-१२ नयाँगाउमा रहेको नयाँगाउँ माध्यमिक विद्यालयले ६३

दललाई चुनावी प्रतिष्पर्धामा सहयोग गर्न आचारसंहिता : कावा प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दललाई

बैंक लुटपाटमा संलग्न सात जना पक्राउ

सिन्धुली । यहाँको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंकको शाखा

पार्टीको आधिकारिकताबारे दबाब र प्रभावमा परेर निर्णय नगर्न आयोगलाई देउवा कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

आयोगमा गगन कांग्रेसको दाबी – विधान अनुसार विशेष महाधिवेशन भएको हो, हामी नै आधिकारिक हौं

काठमाडौं । नेपाली कांग्रेसको गगन थापा पक्षीय विशेष महाधिवेशनबाट उपसभापतिमा