१० भदौ २०८३, बुधबार | August 26, 2026

पार्टीको आधिकारिकताबारे दबाब र प्रभावमा परेर निर्णय नगर्न आयोगलाई देउवा कांग्रेसको चेतावनी



काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोग दबाब र प्रभावमा परेर कानूनविपरित निर्णय गरे देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा खड्काले आयोगले पार्टीको आधिकारिकताका विषयमा कुनै दबाब प्रभावमा परेर संविधान, विधान र कानुनविपरीत निर्णय गरेमा नेपाली कांग्रेस देशव्यापी आन्दोलनमा उत्रिन बाध्य हुने स्पष्ट पारेका हुन् ।

लोकतन्त्रविरुद्ध कालो बादल मडारिँदै दबाबमा परेर गलत निर्णय भयो भने पार्टी देशव्यापी आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने चेतावनी दिँदै खड्काले भने, “हामी निर्वाचन आयोगले विधि र संविधानअनुसार निर्णय गर्छ भन्नेमा विश्वास राख्छौं, तर आशंका पनि छ ।” उनले यस्तो नहुने अपेक्षा पनि गरे ।

खड्काले विशेष महाधिवेशन बोलाउने एकमात्र अधिकार केन्द्रीय कार्यसमितिमा रहेको स्पष्ट पारे ।

भृकुटीमण्डपमा आयोजित भनिएको विशेष महाधिवेशनलाई पूर्ण रूपमा अवैधानिक रहेको उनले दाबी गरे । “केन्द्रीय समितिको निर्णयलाई उल्ट्याउने वा अन्यथा गर्ने अधिकार महामन्त्रीलाई छैन”, उनले भने, “यो महाधिवेशन पार्टी विधानविपरीत छ र यसको कुनै वैधानिकता छैन।”

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ४ : ४४ बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत

टप एण्ड टी-२० सिरिज : नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’