२ पुस २०८२, बुधबार | December 17, 2025

एमाले नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला, सेनाको डिस्पोजल टोली पुग्यो



काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ ।

भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । घरको कम्पाउण्डमा प्रेसरकुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु भेटिएको हो ।

घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पनि भर्खरैमात्रै आइपुगेको छ ।

यसअघि प्रहरीले सो वरपरको क्षेत्र नियन्त्रणमा लिएको थियो । सुरक्षाकर्मीबाहेक अन्यलाई आउजाउ गर्न प्रहरीले रोक लगाएको छ ।

बास्कोटा भने काभ्रेस्थित आफनै घरमा रहेका छन् । उनी मंसिर ४ मा भएको चुनावमा काभ्रे २ बाट प्रतिनिधि सभा सांसद निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ९ : ०९ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको