२९ माघ २०८२, बिहिबार | February 12, 2026

शिवम् सिमेन्टले ल्यायो उपहार योजना ‘शिवम् सँग टन्न उपहार ‘



काठमाडौ । नेपालकै अग्रणी तथा सर्वाधिक ओपिसि सिमेन्ट विक्री गर्न सफल शिवम् सिमेन्टले सफलताको सम्पूर्ण श्रेय ग्राहकवर्गलाई दिँदै “शिवम् सँग उपहार टन्न” नामक सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजना लिएर आएको छ ।

“शिवम् सँग उपहार टन्न” नामक यस योजना अन्तर्गत अब प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गर्नुहुनेछ ।
उक्त कुपन स्क्रयाच गरि रु. २००– देखि रु. ५००– सम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार जित्न सिक्नेछन्, भने सोही कुपनको आधारमा ग्राहकले मासिक लक्की ड्र तथा मेगा लक्की ड्रमा समेत गरी एउटै कुपनबाट ३ पटकसम्म जित्ने मौका पाउनेछन् ।

जस अनुसार हरेक महिनाको लक्की–ड्र मार्फत पहिलो पुरस्कार २ जोडी भाग्यशाली ग्राहकहरुलाई थाइल्यान्ड भ्रमण, दोस्रो पुरस्कार ४ जोडी विजेतालाई हेलिटुर, तेस्रो पुरस्कार ६ जनालाई आधा केजी चाँदी, चौथो पुरस्कार ८ जनालाई हिराको औंठी तथा पाँचौं पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट लक्की ड्र मार्फत जित्न सक्नेछन् तर अन्तिम महिनामा प्राप्त कुपनहरु मसिक लक्की ड्रमा समावेस नभई मेघा लक्की ड्रमा मात्र समावेस गरिने छ ।

मासिक लक्की ड्रमा समावेश भएको तर उपहार जित्न नसकेको कुपन योजना अन्तर्गतको अन्तिम महिनाको कुपनसँगै मेगा लक्की ड्रमा पुनः समावेश हुनेछ भने मेगा लक्की ड्र मार्फत २ जना भाग्यशाली ग्राहकहरुले ५ तोला सुन, ४ जनाले ३ तोला सुन, ६ जनाले २ तोला सुन, ८ जनाले १ तोला सुन र १० जनाले आधा तोला सुन उपहारमा जित्न सकिनेछ ।

लक्की ड्रको कुपनमा उल्लेखित विवरण र मोबाइल नम्बरको आधारमा विजेता घोषणा गरिने र सोही आधारमा ग्राहकले उपहार दावी गर्नुपर्ने कम्पनीले जानकारी गराएको छ ।
यो उपहार योजना मिति २०७९ मंसिर १८ देखि नेपाल भरी लागू गरिएको छ । स्क्रयाच मार्फत हात खाली नजाने पक्का उपहार अन्तर्गतको नगद उपहार सिमेन्ट खरिद गर्ने वितरकबाट तुरुन्तै प्राप्त हुने तथा सुन र चाँदीको लागि मोबाइल नम्बर ९८०१११४६५८ मा सम्पर्क गरि शिवम् सिमेन्टको विक्री कार्यालयहरूबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीद्वारा जानकारी भएको छ । एक पटक पक्का पर्ने र तीन पटकसम्म जित्न मौका मिल्ने यो योजनाले ग्राहकहरुलाई थप हौसला र खुसी प्रदान गर्ने विश्वास कम्पनीले लिइएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ९ : ३९ बजे

बदलिएर आएको काँग्रेस चुनावबाट पहिलो दल बन्छ : उपसभापति विश्वप्रकाश शर्मा

बुटवल । नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बदलिएर आएको

कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगर पहिलो, इटहरी सबैभन्दा पछाडी

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ११

बुटवलबासीसंग चीरपरिचित छु ,यहाँका समस्या समाधान गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देही अन्तर्गत बुटवल

रुपन्देहीमा शुक्रबारदेखि सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै

बुटवल । उमेर समूहका खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउने उद्देश्यसहित

टी-२० विश्वकपमा नेपालको निराशाजनक प्रदर्शन, इटालीसँग १० विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपाल