२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

मायाको हत्याको आरोपमा सशस्त्र प्रहरी जवान भरतराम पक्राउ



बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका- ४ फ्याउलीकी माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

सोमबार दिउँसो ४ बजे जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलन गरी कोलीलाई सार्वजनिक गरेको हो । कोलीलाई कञ्चनपुर प्रहरीले आइतबार बिहान १० बजे महेन्द्रनगर बसपार्कबाट नियन्त्रणमा लिएको थियो ।

उनलाई आइतबार राति नै बैतडी ल्याइएको प्रहरीले आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।  प्रारम्भिक अनुसन्धानबाट हत्या आरोपित भरतराम कोलीले ११ गते नै मायाको मोबाइल नियन्त्रणमा लिएर आफ्नै घर लगेको र १३ गते मोबाइल लिनका लागि मायालाई शिवनाथ ६ को नेपाल टेलिकमको टावर नजिकै बोलाएको खुलेको प्रहरीले जनाएको छ ।

भरतराम कोली र मायाबीच प्रेम सम्बन्ध रहेको र भरतरामले भेटका क्रममा अन्यलाई पनि प्रेम गरेको लाल्छना लगाउँदै आफूसँगै भएको चक्कु प्रहार गरी हत्या गरेको खुलेको प्रहरी नायव उपरीक्षक जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकानरी दिए ।

मायाको हत्या गरिसकेपछि मायाँसँगै रहेकी नेहाले घटनाबारे अन्यलाई जानकारी गराउने डरले उनले नेहाको पनि हत्या प्रयास गरेर घाँटीमा छुरा प्रहार गरेको प्रहरीले अनुसन्धानबाट खुलेको जनाएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ को दफा १७७ (ज्यान मार्ने नियतले काम गर्न नहुने) र परिच्छेद १२ को १८३(ज्यान मार्ने उद्योग गर्न नहुने) मुद्दा शीर्षकमा सोमबार  जिल्ला अदातलाट १० दिनको म्याद थप गरी उनीविरुद्ध अनुसन्धान अघि बढाइएका प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ९ : ४५ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ