१७ असार २०८३, बुधबार | July 1, 2026

नयाँ सांसद पनि भाडाकै भवनमा



काठमाडौं । निर्धारित समयमा संसद् भवनको निर्माण नसकिने भएपछि अबको संसद् बैठक पनि भाडाकै घरमा बस्ने भएको छ । संसद् भवन सिंहदरबार परिसरभित्र बन्दै छ । आफ्नै भवन नहुँदा सचिवालयले बानेश्वरको भाडामा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक राख्दै आएको छ ।

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमला निर्धारित समयमा भवन नसकिएकाले निर्वाचित संसद्को बैठक पनि पहिलेकै स्थानमा राख्नुपर्ने अवस्था आएको बताउँछन् । ‘नयाँ निर्वाचित भएर आउनेले पनि नयाँ भवन पाएनन् । अर्कोतिर सिंहदरबार र संसद् भवन एकै ठाउँमा नभई फरक दूरीमा रहँदा चुनौती छ,’ उनले भने ।

पञ्चायतकालमा बनेको संरचनामा टालटुल गरेर पनि ठाउँमा अपुग हुने भएपछि संसद् बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडाको घरमा विगतदेखि नै चल्दै अएको छ । आफ्नै सुविधासम्पन्न भवन बनाउने उद्देश्यका साथ बनाउन थालिएको भए पनि कोभिडका कारण निर्धारित समयमा निर्माण सकिएको छैन ।

सिंहदरबारको पुतली बगैंचामा निर्माण हुन गइरहेको भवनको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते शिलान्यास गरेका थिए । ५ अर्ब ६७ करोड भ्याटसहित रकमको ठेक्का तुँदी सेस कन्सट्रक्सनले लिएको हो । भवन बनाउने जिम्मा लिएको सहरी विकास मन्त्रालयले साढे दुई वर्षसम्ममा निर्माण सक्ने जनाएको थियो । तर, शिलान्यास गरेको तीन वर्षमा ६० प्रतिशतमात्र काम सकिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा तारा चापागाईंले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ७ : ५८ बजे

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि…

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे

पासपोर्ट खरिद प्रकरणमा जर्मनीको प्रष्टिकरण : नेपाललाई कुनै चेतावनी नदिएको दाबी

काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित विषयमा हालै

फिफा विश्वकप : घरेलु मैदानमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौं । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६