३१ श्रावण २०८३, आइतबार | August 16, 2026

लुम्बिनी प्रदेशकी सांसद बिमला वली शुक्रबार रातीबाट सम्पर्क बिहिन !



बुटवल । लुम्बिनी प्रदेशमा राजपा सांसद पुर्मती ढेंगा मगर सम्पर्क बिहिनको खबर सार्वजानिक भएको ३ दिन नबित्दै माओवादी केन्द्र रोजेकी दाङकी सांसद बिमला वली आज(शुक्रबार) रातीबाट सम्पर्क बिहिन भएको अर्को खबर सार्वजानिक भएको छ । लुम्बिनी प्रदेशमा सरकार अल्पमतमा परेको विपक्षी गठबन्धनले दाबी गरिरहँदा गठबन्धनमा रहेका सांसदहरु पालो गरिगरि सम्पर्क बिहिन हुने घटनालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

आज अपरान्ह सम्म बुटवलको नयाँ गाँउ स्थित आफ्नै डेरामा रहेकी सांसद वली ८ बजेतिरबाट सम्पर्क बिहिन भएकी प्रदेशसभामा माओवादी केन्द्रका सांसद आईपी खरेलले बताएका छन् । रातीको समयमा गाडी आएर कोठाबाट लिएर गएको स्थानीयबासीलाई हवाला दिँदै सांसद खरेलले बताए । उनले मुख्यमन्त्री शंकर पोखरेलले एकपछि अर्को प्रतिगामी कदम चाल्दै गरेको आरोप लगाउँदै कुनै पनि षडयन्त्र सफल नहुने बताए । ‘शंकरजीहरुले जबर्जस्ती आफ्नो पक्षमा तान्न खोज्दै हुनुहुन्छ, तर बिमला कुनैपनि हालतमा उता जानुहुन्न ।’ खरेलले भने ।

सम्पर्क बिहिनको खबर सार्वजानिक भएसँगै सांसद वलीको मोबाइलमा सम्पर्क गर्दा सम्पर्क भएपनि मोबाइल उठेन ।

नेकपाबाट उप निर्वाचन लडेर बिजयी भएकी सांसद वली गत चैत्र महिनामा माओवादी पार्टी रोजेको भन्दै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र तर्फ सार्वजानिक भएकी थिईन् ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ११ : ३३ बजे

उद्योग र विभिन्न केन्द्रमार्फत निगमको आफै ग्यास बेच्ने निर्णयले अभाव थप जटिल

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका

भारतका प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ

‘आवाराहरुको अध्यक्षलाई चाँही के भन्ने ?’ झपट रावलको ओलीलाई कडा प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले आफ्नै पार्टीका अध्यक्ष

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका

जाजरकोट पहिरो अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई अझै बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा खसेको लेदोसहितको