२२ मंसिर २०८२, सोमबार | December 8, 2025

गगनलाई छोड्दैनन देउवा, थाले संसदीय दलको नेता बन्ने अभियान



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा औपचारिक रूपमा सार्वजनिक हुन बाँकी छ । तर, नतिजाबारे आंकलन भइसकेको छ ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले कांग्रेसलाई पहिलो दलको हैसियत दिएको छ भने एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी क्रमशः हैसियतमा छन् ।

कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले संविधानको धारा ७६ (२) बमोजिमको सरकार गठन प्रक्रिया सुरु हुनेछ । ‘प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ,’ संविधानको धारा ७६ (२) मा उल्लेख छ ।

प्रधानमन्त्री बन्न र सरकारको नेतृत्व आफ्नो पार्टीलाई दिलाउन नेताहरू औपचारिक तथा अनौपचारिक रूपमा छलफलमा जुटिरहेका छन् । पहिलो दलको हैसियत प्राप्त कांग्रेसका आधा दर्जन नेता प्रधानमन्त्रीको आकांक्षीको रूपमा आफूलाई अघि सारेका छन् । तर, अरु दलमा जस्तै कांग्रेसमा जनतमको सन्देशविपरीत यसअघि पटक पटक सरकार र पार्टीको नेतृत्वमा रहिसकेका व्यक्ति नै प्रधानमन्त्रीमा दाबी गरिरहेका छन्, समर्थन जुटाउन दौडधूप गरेका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तह र ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले नेतृत्वमा युवालाई रुचाएका छन् । सोहीअनुसार मत दिएर जिताएका छन् । निर्वाचनको बेला वर्षौंदेखि पार्टी र सरकारको निर्णायक स्थानमा रहेका नेतालाई ‘हराउन’ युवाहरूले अभियान चलाएका थिए । तर, गठबन्धन गरेर दलहरूले आफूलाई निर्वाचित गराउन सक्षम भए, जसको अभिमत सत्ताको नेतृत्वमा रहनका लागि नरहेको राजनीतिक विश्लेषकहरूले सार्वजनिक रुपमै बताइरहेका छन् ।

तर, यसलाई बेवास्ता गर्दै पाँचपटक प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवा अझै प्रधानमन्त्री बन्न लविङ थालेका छन् । सांसदहरूले शपथ खाएका छैनन् । संसदीय दल गठन भएको छैन । संसदीय दलको नेता चयन भएको छैन । तर, हतार भने सरकारको नेतृत्व लिन नेताहरु दौडधूप गरेका छन् ।

निर्वाचनअघि आफूलाई संसदीय दलको नेता र प्रधानमन्त्रीको दाबेदारको रूपमा प्रस्तुत गरेका गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको रूपमा रहनेगरी काठमाडौं ४ का जनताले निर्वाचित गरेका छन् । तर, उनलाई संसदीय दलको नेतामै उठ्न नदिने गरी  चलखेल सुरु भएको देखिन्छ ।

गत वर्ष सम्पन्न महाधिवेशनबाट पार्टीको महामन्त्रीको जिम्मेवारीमा रहेका थापालाई दलको नेता र प्रधानमन्त्री बनाउन अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित पार्टीका युवा नेता तयार देखिन्छन् । तर, सभापति देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंहसहितका नेताहरू गगनलाई दलको नेता र प्रधानमन्त्री बनाउन चाहेको देखिँदैन ।

गगनलाई रोक्न शशांक कोइरालालाई फकाउन देउवा स्वयं सक्रिय छन् । देउवाले शशांकलाई भेटेर आफूलाई दलको नेता बनाउन सहयोग गर्न आग्रह गरेका छन् । ज्येष्ठ नेताको सत्ता र शक्तिप्रतिको मोहले पार्टीलाई पार्ने दख्खलबारे युवा नेताहरू चिन्तित् देखिन्छन् । उनीहरू यसपटक चुनौती दिने तयारीमा छन् । तर, केही दिनयता भइरहेका भेटवार्ता र छलफलले गगनलाई संसदीय दलको नेतामा उठ्न नदिने र प्रधानमन्त्री बन्नबाट रोक्ने संकेत देखिन्छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  २ : २५ बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन