१ पुस २०८२, मंगलबार | December 16, 2025

पाल्पामा भएको दुर्घटनामा रुपन्देहीका युवकको मृत्यु



बुटवल । पाल्पामा शुक्रबार साझ भएको सवारी दुर्घटनामा रुपन्देहीका ३४ वर्षीय रामबहादुर गुप्ताको मृत्यु भएको छ । रुपन्देही ओमसतिया १ का गुप्तासँगै मोटरसाइकलमा पछाडि सवार सोहीठाउँका ३० वर्षीय भिम बहादुर बस्याल घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुई जना मध्ये चालक गुप्ताको उपचारको क्रममा पाल्पाको मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बगनाशकाली-३ आर्यभन्ञ्ज्याङमा सिद्धार्थ राजमार्ग अन्तरगत तानसेनबाट राम्दीतर्फ जाँदैगर्दा उनीहरु सवार लु २९ प ४३२६ नम्बरको मोटरसाइकललाई कारले ठक्कर दिएको थियो ।

एकै दिशामा हिँडिरहेको लु १ क १७६४ नम्बरको ट्रकलाई ओभरटेक गर्नखोज्दा बिपरित दिशाबाट आएको बा ९ च ९२९९ नम्बरको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ९ : ३२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज