१७ असार २०८३, बुधबार | July 1, 2026

जनताले चाहेको परिवर्तन पूरा गर्न लागिपर्छु : प्रकाशमान सिंह



काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले देशलाई राजनीतिक स्थायित्व कायम गर्नु नवनिर्वाचित सांसदहरूको पहिलो चुनौती भएको बताएका छन् ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले पहिला राजनीतिक स्थायित्व कायम गरी विकासको बाटोमा अघि बढ्नु पर्ने अवस्था रहेको बताए ।

उनले विकासको बाटोमा अगाडि बढाउन नागरिकको सुझाब सदैव आवश्यक रहेको पनि बताए । सिंहले अहिले नेपालको राजनीतिमा आएको परिर्वतनलाई नजिकबाट बुझेको र जनताले चाहेको परिर्वतनलाई सफल बनाउन लागि पर्ने  दाबी गरे । यस्तो जटिल समयमा पनि जनताले आफूलाई विश्वाश गरेकोप्रति गम्भीर रहेको र अबका दिनमा नागरिकको खबरदारीसँगै अगाडि बड्ने प्रतिबद्धता जनाए ।

उनले विगतको संसदीय कार्यकालमा, आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–१ को विकासमा उल्लेख्य योगदान गरेको दाबी समेत पेश गरे । उनले काठमाडौं १ देशकै मुटु भएकाले नागरिकका आवश्यकता र चाहना सधैँ परिवर्तनशील हुने हुँदा जनप्रतिनिधिलाई सचेत र सजग गराई राख्नु पर्ने बताए ।

आफू जनताको सेवाको लागि नागरिका सुझाबलाई सहज रुपमा लिँदै सकारात्मक रुपमा प्रस्तुत हुने बताए । चार पटक संसदीय नेताको रुपमा विश्वाश गरेकोमा उनले मतदाताहरूलाई धन्यवाद दिँदै चुनावी एजेण्डा पूरा गर्नेतर्फ  पुनः प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १ : ४८ बजे

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)