२९ माघ २०८२, बिहिबार | February 12, 2026

सुनको मूल्य प्रतितोला एक लाख



काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख दुई सय रुपैयाँमा कारोबार भएको यो सुन आज प्रतितोला दुई सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन ९९ हजार सात सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ९० कायम रहेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ८२ दशमलव ३८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ११ : २७ बजे

लुम्बिनी वल्ड स्कुलको अध्यक्षमा गोपाल टण्डन

बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाबाट गोपाल

बागलुङमा स्कूल बस दुर्घटना; २३ विद्यार्थी घाइते, पाँचको अवस्था गम्भीर

बागलुङ । बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २३ विद्यार्थी

बदलिएर आएको काँग्रेस चुनावबाट पहिलो दल बन्छ : उपसभापति विश्वप्रकाश शर्मा

बुटवल । नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बदलिएर आएको

कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगर पहिलो, इटहरी सबैभन्दा पछाडी

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ११

बुटवलबासीसंग चीरपरिचित छु ,यहाँका समस्या समाधान गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देही अन्तर्गत बुटवल