२२ भदौ २०८३, सोमबार | September 7, 2026

लुम्बिनी वल्ड स्कुलको अध्यक्षमा गोपाल टण्डन



बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाबाट गोपाल टण्डनको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।

नवनिर्वाचित समितिमा फूलसिंह क्षेत्री, गोकर्ण पाण्डे, प्रेमनारायण बेल्बासे, श्रीमती सुम्निमा शर्मा पाठक र जनिजनारायण श्रेष्ठ सदस्य रहेका छन् । विद्यालयका प्राचार्य विष्णुप्रसाद ढकाल सदस्य-सचिव रहने गरी सात सदस्यीय सञ्चालक समिति गठन गरिएको हो ।

नवगठित समितिको पहिलो बैठकले महेन्द्रनारायण श्रेष्ठलाई विद्यालयको प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ ।

नवनिर्वाचित अध्यक्ष टण्डनले लुम्बिनी वल्र्ड स्कुललाई प्रदेशकै नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी योजनाबारे जानकारी गराए । उनले विद्यालयको समग्र उन्नयनका लागि अभिभावक, शुभेच्छुक तथा सरोकारवालाको निरन्तर सहयोग आवश्यक रहने उल्लेख गरे ।

गुणस्तरीय तथा आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ रुपन्देहीका उद्योगी-व्यवसायी, चिकित्सक, इन्जिनियर तथा देश-विदेशमा अध्ययन-अध्यापन गरेका व्यक्तिहरूको पहलमा स्थापना गरिएको विद्यालयको तेस्रो साधारण सभा अध्यक्ष योगेश घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ८ : ३२ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा