४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रभु साहले नयाँ पार्टी खोल्दै, भन्छन् – छलफल जारी छ



काठमाडौं । रौतहट ३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएर विजयी प्रभु साहले नयाँ पार्टी खोल्ने भएका छन् ।

निर्वाचनको मनोनयन दर्ता गर्नेक्रममा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका साहले नयाँ पार्टी खोल्न छलफल सुरु भएको जानकारी दिए ।

‘नयाँ पार्टी खोल्ने विषयमा छलफल चलिरहेको छ । तर के नाम राख्ने भन्ने निर्णय भइसकेको छैन,’ साहले न्युज कारखानासँग भने । तत्कालीन नेकपा सरकारको पालामा साह माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । माओवादी र एमाले दुवैमा उनी स्थायी कमिटी सदस्यसमेत थिए । तर अहिले उनी दुवै पार्टीमा छैनन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशमा साहको बलियो पकड देखिएको छ । रौतहट २ मा उनी निकट किरण साह विजयी भएका छन् । मोरङ ४ मा निर्वाचित योगेन्द्र मण्डलसमेत प्रभु साह निकट मानिन्छन् । त्यसैले उनीसँग तीनजना प्रतिनिधिसभा सदस्य छन् । मधेस प्रदेशमा प्रभु साह निकट तीन–चारजना निर्वाचित छन् । सबैतिरबाट पार्टी खोलेरै राजनीति गर्न सुझाव आएकाले नयाँ पार्टी गठनको आन्तरिक तयारीमा लागेको साहको भनाइ छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ३ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको