१७ असार २०८३, बुधबार | July 2, 2026

साइन रेसुङ्गाले जित्यो ‘बेस्ट म्यानेज्ड बैंक’ को उपाधि



बुटवल । साइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधिजितेको छ । न्यू बिजनेश एजप्रालिले सोमबार काठमाडौंमा आयोजना गरेको सातौं न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०२२ मा साइन रेसुंगाले उत्कृष्ट व्यवस्थापन गरे वापत अन्य सबै विकास बैंकलाई पछाडि पार्दै यो उपाधि जितेको हो ।

यो विधामा मुक्तिनाथ विकास बैंक दोस्रो हुँदा लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंक संयुक्त रुपमा तेस्रो भएका छन् । साइन रेसुंगा डेभलपमेन्ट बैंक लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय भएको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक हो ।
लुम्बिनी प्रदेशलाई केन्द्र बनाएको बैंकको संघीय राजधानी राजधानी काठमाडौं सहित प्रदेश १ र २ वाहेक ५ वटै प्रदेशमा ८७ वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् ।

बैंकका सबैभन्दा धेरै शाखा, कारोबार र ग्राहक लुम्बिनी प्रदेशमा छन् । बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि बैंकका तर्फबाट ब्राण्डिङ तथा मानव संसाधन विभाग प्रमुख प्रवास राईले ग्रहण गरेका बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले जानकारी दिए ।

यो उपाधि जित्नुमा बैंकका सञ्चालक समिति, शेयरधनी, कर्मचारी,बैंकका ग्राहक र शुभेच्छुक सबैको प्रत्यक्ष अप्रत्यक्ष भूमिका रहेको प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । ‘यो उपाधि जित्नुमा बैंकका सरोकारवाला सबैको रचनात्मक साथ छ, यसले बैंकलाई थप व्यवस्थित र उत्कृष्ट सेवा प्रवाह गर्न जिम्मेवारी र दायित्व थपिदिएको छ’-पौडेलले भने ।
बेस्ट म्यानेज्ड कमर्सियल बैंकको अवार्ड भने स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले जितेको छ । बेस्ट म्यानेज्ड माइक्रोफाइनान्स कम्पनी अवार्ड छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले जितेको छ । यस्तै, बेस्ट म्यानेज्ड ननलाइफइन्स्योरेन्स कम्पनी अवार्ड शिखर इन्स्योरेन्स कम्पनीले जितेको छ । बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनीको उपाधि भने नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जितेको छ ।

बेस्ट म्यानेज्ड फाइनान्स कम्पनीको अवार्ड भने आईसीएफसी फाइनान्स लिमिटेडले जितेको छ । यी अवार्डको विजेता ४ सदस्यीय जुरीको टोलीले छनोट गरेको थियो । जसमा विमल वाग्ले, श्रीमानकार्की, शशी सत्याल र महेश कुमार थापा रहेका थिए । नेपालको पहिलो गर्भनर हिमालय शम्शेर राणालाई लाइफ टाइम एचिभमेन्ट इनबिजनेश लिडरशीप अवार्ड दिइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ५ : ३१ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)