४ पुस २०८२, शुक्रबार | December 20, 2025

निर्वाचन आयोगले सार्वजनिक गर्यो निर्वाचनको अन्तिम परिणाम,भोलि राष्ट्रपतिलाई बुझाइने



काठमाडौं । निर्वाचन आयोगले  आमनिर्वाचन २०७९ को अन्तिम परिणाम सार्वजनिक गरेको छ ।  बुधबार आयोग कार्यालयमा भएको पत्रकार सम्मेलनमार्फत् आमनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको हो ।

यस्तै आयोगले प्रतिनिधिसभातर्फको अन्तिम मतपरिणाम भोलि बिहीबार राष्ट्रपतिसमक्ष पेस गर्ने जनाएको छ । प्रदेश सभातर्फको अन्तिम मतपरिणाम आउँदाे २ पुसमा  प्रदेश प्रमुखसमक्ष बुझाइने निर्वाचन आयाेगले जनाएकाे छ ।

आयोगले तयार पारेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन् । जसमध्ये प्रतिनिधि सभातर्फ  १८४ जना पुरुष (६६ दशमलव ९० प्रतिशत) र  ९१ जना महिला (३३ दशमलव १० प्रतिशत) निर्वाचित भएका आयोगले जनाएको छ ।

यता प्रदेशसभातर्फ  ३५० जना पुरुष  (६३ दशमलव ६४ प्रतिशत) र महिला २०० जना (३६ दशमलव ३६ प्रतिशत) निर्वाचित भएका छन् ।

यसपटकको आम निर्वाचनमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ८६ वटा राजनीतिक दलमध्ये ६१ वटा  र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका  आयोगले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ४ : ०६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको