१७ माघ २०८२, शनिबार | January 31, 2026

द ब्रिटिस कलेजको ‘ दोस्रो दीक्षान्त समारोह २०२२’ सम्पन्न



काठमाडौँ । द ब्रिटिस कलेजको ‘दोस्रो दीक्षान्त सामारोह २०२२’ सम्पन्न भएको छ । यस वर्ष आयोजित दोस्रो दीक्षान्त कार्यक्रममा लिड्स बेकेक्ट युनिभर्सिटीबाट उत्तिर्ण एमएससी आइटीका विद्यार्थीहरु र द युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डबाट उत्तिर्ण विद्यार्थीहरु दीक्षित भएका हुन् ।

द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले पानसमा दियो बालेर दीक्षान्त समारोहको उद्घाटन गरेका थिए । कार्यक्रमलाई समबोधन गर्दै उनले भने,‘यस वर्षको पहिलो दीक्षान्त कार्यक्रममा धेरै विद्यार्थीहरु उपस्थित हुन पाएका थिएनन् । यो महत्वपुर्ण समारोहमा विभिन्न तरिकाले जोडिन म आव्हान गर्दछु । कोही लामो दुरी पार गरेर आउनु भएको छ भने कतिपयले नेपालभित्रैबाट हामीलाई सहयोग गर्नुभएको छ । भिडियो लिंकमार्फत हामीसँग जोडिन म आग्रह गर्दछु ।’

सोल्टी होटेलमा आयोजना गरिएको दीक्षान्त समारोहमा विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा औद्यागिक सल्लाहकार बोर्डका सदस्यहरु विरेन्द्र राज पाण्डे र प्रचण्डमान श्रेष्ठ उपस्थितस् रहेको थियो ।

दीक्षन्त समारोहलाई ब्रिटिस कलेजकी प्रिन्सिपल मेरी विसप र कलेज अफ विजनेश एण्ड लकी इन्टरनेशनल पार्टनरसिप प्रमुख प्याट्रिसिया भोइडेनले भिडियो सन्देश पठाएकी थिइन् । त्यस्तै कार्यक्रममा बिबिएबाट दीक्षित भएका निरज प्रताप शाह, एमएसई आइटीबाट दीक्षित भएका तरुण खत्रीले आफ्नो मन्तव्य राखेका थिए ।

सो समारोहमा बोल्दै द ब्रिटिस कलेजका एसोसियट डिन अरुण जोशीले भने, ‘विद्यार्थीहरुलाई आज यो दीक्षान्त समारोहमा देख्न पाउँदा कलेजले अध्ययन अध्यापनमा गरेको मेहनतलाई सम्झन चाहन्छु । यो सफलताले पनि देखाउँछ कि कलेजले प्रदान गर्ने शैक्षिक गुणस्तर कत्तिको उत्कृष्ट छ ।’

ठुलो परिश्रमले यो सफलता मिलेको भन्दै उनले सबै कर्मचारी, फ्याकल्टी र विद्यार्थीहरुलाई बधाई र शुभकामना दिए ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  १० : ०८ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक