५ श्रावण २०८३, मंगलबार | July 21, 2026

एमाले-माओवादी मिल्ला ?



काठमाडौं । आगामी ‘सरकार गठन’ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बीच छलफल सुरु भएको छ । वाम एकता र कम्युनिस्ट नेतृत्वको ‘सरकार गठन’ दुवै दलका शीर्षनेता आन्तरिक छलफलमा जुटेका छन् ।

प्रतिनिधिसभामा एमालेको ७८ र माओवादी केन्द्रको ३२ सिट छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को १०, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को एक/एक सिट छ । सबै कम्युनिस्ट पार्टीको कुल १ सय २२ सिट हुन्छ । सरकार गठनका लागि १ सय ३८ सिट आवश्यक पर्छ । कम्युनिस्ट पार्टी नेतृत्वमा सरकार गठनका लागि २६ सिट अपुग छ ।

एमाले नेतृत्वको गठनमार्फत निर्वाचनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग १४ र जनता समाजवादी पार्टी नेपाल (जसपा)सँग १२ सिट छ । राप्रपा र जसपाले मात्रै सहयोग गरेर कम्युनिस्ट पार्टी नेतृत्वको सरकार बन्न सहज छ । ६ सिटको जनमत पार्टी र ६ स्वतन्त्र सांसदसहित अन्य साना दललाई समेत ‘कम्युनिस्ट’ गठबन्धनमा ल्याउन सकिन्छ ।

प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शुभकामना दिँदै आगामी दिन मिलेर आग्रह गरेका थिए ।

मंगलबार राति एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका महासचिव देव गुरुङबीच ‘आगामी सरकार गठन र वाम एकता’bout छलफल भएको’ दाबी स्रोतको छ । स्रोतका अनुसार उनीहरूबीच करिब २ घण्टा लामो छलफल भएको छ ।

नेपाली कांग्रेस नेतृत्वको सत्तारूढ गठबन्धनमा रहेको माओवादीले ‘आगामी सरकारको नेतृत्व पाउनुपर्ने’ दाबी गरिसकेको छ । तर, कांग्रेसले सरकारको नेतृत्व छोडन तयार नदेखिएको संकेत पाएका माओवादी केन्द्र अध्यक्ष प्रचण्डले एमाले र कांग्रेस दुवैसँग ‘समानान्तर छलफल’ अगाडि बढाएका छन् ।

एमाले वा कांग्रेसमध्ये कुनै एकको समर्थनमा प्रचण्ड सरकारको नेतृत्व गर्ने दौडधुपमा छन् । विभिन्न साना दलका शीर्षनेतासँग आन्तरिक छलफलमा व्यस्त प्रचण्ड ‘जसरी भए पनि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने’ दाउमा छन् ।

कांग्रेसभित्र संसदीय दलको नेता बनेर कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सरकारको नेतृत्व गर्ने रणनीतिसाथ अगाडि बढेका छन् ।

साथै, कांग्रेसभित्र अरू नेताले समेत संसदीय दलको नेता हुने र आगामी सरकारको नेतृत्व गर्न खोजेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता डा. शेखर कोइरालासहितका नेता अगाडि बढेपछि सत्तारूढ गठबन्धन छोडेर एमालेसँग नयाँ गठबन्धन बनाउने तयारी प्रचण्डको छ ।

कांग्रेसले प्रधानमन्त्रीका साथै राष्ट्रपतिसमेत आफैंसँग राख्न खोजेपछि प्रचण्ड संशकित भएका छन् । सोही कारण उनले आफ्ना विश्वास पात्रमार्फत एमालेसँग आन्तरिक छलफल बढाएका छन् ।

उता, एमाले अध्यक्ष ओली सत्तारूढ गठबन्धन भत्काउने र वाम गठबन्धन गरेर साना दलको सहयोगमा सातै प्रदेशमा सरकार गठन गर्ने रणनीतिमा छन् । सोही क्रममा ओली र गुरुङबीच भएको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

माओवादी केन्द्रका महासचिव गुरुङ ‘कांग्रेससँग भन्दा वाम गठबन्धन हुनुपर्छ’ भन्ने लाइनका नेता हुन् । ओलीसँगको भेट’ गुरुङले ‘शुभकामना दिन मात्रै ओली निवास बालकोट पुगेको’ प्रस्टोक्ति दिए ।

सरकार निर्माणलगायत प्रक्रिया अझै सुरु भइनसकेको बताउँदै गुरुङले सरकार गठन’ छलफल नभएको दाबी गरे । तर, यसैबीच ओलीनिकट नेता महेश बस्नेतले माओवादी अध्यक्ष प्रचण्डलाई समेत भेट्नुले वाम गठबन्धनका लागि वातावरण तयारी हुने क्रममा रहेको बुझाइ नेताको छ ।

केही दिनभित्रै ओली र प्रचण्डबीच भेटवार्ता गराउने तयारीमा नेताहरू लागेको स्रोतको दाबी छ । एक एमाले पदाधिकारीका अनुसार विगतका कमीकमजोरी सच्याउँदै अगाडि बढ्नुका विकल्प नभएको जनाएका छन् ।

विगतका कमजोरी सच्याउँदै अगामी दिन वाम गठबन्धन र कम्युनिस्ट पार्टी नेतृत्वको सरकारको विकल्प नभएकाले ओली र प्रचण्डबीच छिट्टै निर्णायक वार्ता गराउने तयारी छ । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ८ : २० बजे

तयारी पोसाक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको