१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

एमाले-माओवादी मिल्ला ?



काठमाडौं । आगामी ‘सरकार गठन’ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बीच छलफल सुरु भएको छ । वाम एकता र कम्युनिस्ट नेतृत्वको ‘सरकार गठन’ दुवै दलका शीर्षनेता आन्तरिक छलफलमा जुटेका छन् ।

प्रतिनिधिसभामा एमालेको ७८ र माओवादी केन्द्रको ३२ सिट छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को १०, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को एक/एक सिट छ । सबै कम्युनिस्ट पार्टीको कुल १ सय २२ सिट हुन्छ । सरकार गठनका लागि १ सय ३८ सिट आवश्यक पर्छ । कम्युनिस्ट पार्टी नेतृत्वमा सरकार गठनका लागि २६ सिट अपुग छ ।

एमाले नेतृत्वको गठनमार्फत निर्वाचनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग १४ र जनता समाजवादी पार्टी नेपाल (जसपा)सँग १२ सिट छ । राप्रपा र जसपाले मात्रै सहयोग गरेर कम्युनिस्ट पार्टी नेतृत्वको सरकार बन्न सहज छ । ६ सिटको जनमत पार्टी र ६ स्वतन्त्र सांसदसहित अन्य साना दललाई समेत ‘कम्युनिस्ट’ गठबन्धनमा ल्याउन सकिन्छ ।

प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शुभकामना दिँदै आगामी दिन मिलेर आग्रह गरेका थिए ।

मंगलबार राति एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका महासचिव देव गुरुङबीच ‘आगामी सरकार गठन र वाम एकता’bout छलफल भएको’ दाबी स्रोतको छ । स्रोतका अनुसार उनीहरूबीच करिब २ घण्टा लामो छलफल भएको छ ।

नेपाली कांग्रेस नेतृत्वको सत्तारूढ गठबन्धनमा रहेको माओवादीले ‘आगामी सरकारको नेतृत्व पाउनुपर्ने’ दाबी गरिसकेको छ । तर, कांग्रेसले सरकारको नेतृत्व छोडन तयार नदेखिएको संकेत पाएका माओवादी केन्द्र अध्यक्ष प्रचण्डले एमाले र कांग्रेस दुवैसँग ‘समानान्तर छलफल’ अगाडि बढाएका छन् ।

एमाले वा कांग्रेसमध्ये कुनै एकको समर्थनमा प्रचण्ड सरकारको नेतृत्व गर्ने दौडधुपमा छन् । विभिन्न साना दलका शीर्षनेतासँग आन्तरिक छलफलमा व्यस्त प्रचण्ड ‘जसरी भए पनि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने’ दाउमा छन् ।

कांग्रेसभित्र संसदीय दलको नेता बनेर कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सरकारको नेतृत्व गर्ने रणनीतिसाथ अगाडि बढेका छन् ।

साथै, कांग्रेसभित्र अरू नेताले समेत संसदीय दलको नेता हुने र आगामी सरकारको नेतृत्व गर्न खोजेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता डा. शेखर कोइरालासहितका नेता अगाडि बढेपछि सत्तारूढ गठबन्धन छोडेर एमालेसँग नयाँ गठबन्धन बनाउने तयारी प्रचण्डको छ ।

कांग्रेसले प्रधानमन्त्रीका साथै राष्ट्रपतिसमेत आफैंसँग राख्न खोजेपछि प्रचण्ड संशकित भएका छन् । सोही कारण उनले आफ्ना विश्वास पात्रमार्फत एमालेसँग आन्तरिक छलफल बढाएका छन् ।

उता, एमाले अध्यक्ष ओली सत्तारूढ गठबन्धन भत्काउने र वाम गठबन्धन गरेर साना दलको सहयोगमा सातै प्रदेशमा सरकार गठन गर्ने रणनीतिमा छन् । सोही क्रममा ओली र गुरुङबीच भएको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

माओवादी केन्द्रका महासचिव गुरुङ ‘कांग्रेससँग भन्दा वाम गठबन्धन हुनुपर्छ’ भन्ने लाइनका नेता हुन् । ओलीसँगको भेट’ गुरुङले ‘शुभकामना दिन मात्रै ओली निवास बालकोट पुगेको’ प्रस्टोक्ति दिए ।

सरकार निर्माणलगायत प्रक्रिया अझै सुरु भइनसकेको बताउँदै गुरुङले सरकार गठन’ छलफल नभएको दाबी गरे । तर, यसैबीच ओलीनिकट नेता महेश बस्नेतले माओवादी अध्यक्ष प्रचण्डलाई समेत भेट्नुले वाम गठबन्धनका लागि वातावरण तयारी हुने क्रममा रहेको बुझाइ नेताको छ ।

केही दिनभित्रै ओली र प्रचण्डबीच भेटवार्ता गराउने तयारीमा नेताहरू लागेको स्रोतको दाबी छ । एक एमाले पदाधिकारीका अनुसार विगतका कमीकमजोरी सच्याउँदै अगाडि बढ्नुका विकल्प नभएको जनाएका छन् ।

विगतका कमजोरी सच्याउँदै अगामी दिन वाम गठबन्धन र कम्युनिस्ट पार्टी नेतृत्वको सरकारको विकल्प नभएकाले ओली र प्रचण्डबीच छिट्टै निर्णायक वार्ता गराउने तयारी छ । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ८ : २० बजे

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठ पक्राउ

पोखरा । पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको

पूर्वराष्ट्रपति यादवद्वारा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक विमोचन

काठमाडौं । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक आजदेखि

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका

नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउनुपर्छ : एफएनसीसीआई अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नीति

विद्यालय चिटिक्क पारेर मनाए मध्यबिन्दुको युवा संघका युवाले स्थापना दिवस

मध्यविन्दु । राष्ट्रिय युवा संघ नेपाल मध्यविन्दु नगर कमिटी नवलपरासीले