२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

गठबन्धनको कित्ताका विषयमा जसपाभित्र दुई धार



काठमाडौं । सत्ता गठबन्धनमा रहेर सरकामा समेत सामेल बनेको जनता समाजवादी पार्टी जसपाले चुनावको मुखैमा एमालेसँग तालमेल गर्‍यो । गठबन्धनभित्र सिट बाँडफाँटमा कुरा नमिल्दा एमाले कित्तामा गएको जसपाले निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न सकेन ।

निर्वाचनको नतिजा सार्वजनिक भएसँगै जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल सकिएको बताए थिए ।  उनले निर्वाचनका लागि मात्र तालमेल गर्ने सहमति भएकाले निर्वाचन सकिएसँगै तालमेल सकिएको समेत उल्लेख गरेका थिए ।

आमनिर्वाचनमार्फत् सत्ता गठबन्धनले नै नयाँ सरकार गठनको म्यान्डेट पाएपछि अध्यक्ष यादवको उक्त अभिव्यक्तिले राजनीतिक वृत्तमा जसपा कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुने आंकलन धेरैको थियो । उक्त आंकलनलाई थप बल पुर्‍याउने अर्को कुरा थियो, अध्यक्ष यादवको हार ।

उनले एमाले गठबन्धनमा सामेल भएर पनि निर्वाचनमा पराजय भोगका थिए । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग भारी मतान्तरले पराजित भएका यादव एमालेप्रति रुष्ट बनेर सहकार्य तोडेको हुन सक्ने समेत कतिपयको आंकलन थियो । तर, जसपाकै अर्का नेता राजेन्द्र श्रेष्ठले आफूहरु एमालेको गठबन्धनमै रहेको बताएपछि नेताहरूबीचमै कुरा बाझियो । पार्टीभित्र रहेका विभिन्न धारहरू देखिएको विश्लेषण भइरहेका छन् ।

बिहीबार निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आमनिर्वाचनको अन्तिम परिणाम बुझाएको छ । योसँगै सरकार गठनको प्रक्रिया सुरु भइरहँदा जसपा कता लाग्छ भन्ने आम चासोको विषय बनेको छ । एमालेसँग गठबन्धन तोडेको घोषणा गरेका अध्यक्ष यादवले सत्ता गठबन्धनमा सामेल हुनेबारे ठोस निर्णय गरिसकेका छैनन् । सरकार गठनको प्रक्रिया सुरु भइरहँदा जसपा कता लाग्छ भन्ने आम चासोको विषय बनेको देखिन्छ ।

जसपा अहिले पनि एमालेकै गठबन्धनमा हो ? भन्ने  प्रश्नमा जसपा प्रवक्ता मनिष सुमन हाल आफूहरू कुनै गठबन्धनमा नरहेको बताउँछन् । पार्टीले सहकार्यका लागि सबै बाटोहरू खुला राखेको बताउँदै उनले सरकार वा गठबन्धनमा सहभागी बन्न एजेण्डामा सहमति हुनुपर्ने बताए ।

‘हामी अहिले कुनै गठबन्धनमा छैनौं । सहकार्यका लागि सबै बाटाहरू खुला छन् ।  तर, हामीले माग गरेका विषय र पार्टीका एजेण्डा जसले पूरा गर्न सघाउँछन् । हामी त्यता जान्छौं,’ उनले भने ।

उनले नेताहरूबीच निरन्तर भेटघाट छलफल चलिरहे पनि ठोस रूपमा कसैसँग सहमति नभएको बताए ।  प्रवक्ता सुमनले पार्टीभित्र कुनै फरक धार नभएको समेत दाबी गरे ।  पार्टीभित्र नेताहरू एकमत रहेको पनि दाबी गरेका छन् ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ४ : १४ बजे

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका