५ पुस २०८२, शनिबार | December 20, 2025

अझै सुरु भएन कांग्रेस संसदीय दलको नेताका लागि मतदान, मोबाइल लैजान पाउने कि नपाउने विषयमा विवाद



काठमाडौं । निर्धारित समयभन्दा आधा घन्टा ढिलो भइसक्दा पनि नेपाली कांग्रेस संसदीय दलको नेताका लागि अझै मतदान सुरु हुन सकेको छैन ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ देखि १० बजेसम्म मतदानको समय निर्धारण गरिएको थियो ।

तर, मतदान केन्द्रमा मतदातालाई मोबाइल लैजान दिने कि नदिने विषयमा निर्वाचन समितिमा रहेका संस्थापन र इतर समूहबीच सहमति नजुट्दा मतदान हुन नसकेको हो ।

निर्वाचन समितिमा रहेका संस्थापन पक्षले बुथमा मोबाइल लैजान दिनुपर्ने बताएको छ भने इतर समूहले लैजान नहुने बताएको छ ।

निर्वाचन समितिका सदस्य प्रकाश रसाइलीले मतदातालाई बुथमा मोबाइल लैजान दिन नहुने बताए ।

संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् ।
निर्वाचन समितिमा भीष्मराज आङ्देम्बे संयोजक, पुष्पा भुसाल र प्रकाश रसाइली सदस्य छन् ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ८ : ५३ बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा