२५ माघ २०८२, आइतबार | February 8, 2026

नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा आधा राजश्व उठायो



बाँके । नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा आधा कम राजश्व उठाएको छ । बाँकेमा चालु आर्थिक वर्षमा भन्सार छलीका घटना बढेर जाँदा लक्ष्यअनुसारको भन्सारले राजश्व असुली गर्नसकेको छैन । आर्थिक वर्ष २०७९/०८० सुरु भएदेखि नै कुनै पनि महिनामा लक्ष्य अनुसारको राजश्व उठाएको छैन ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा प्रतिशतका हिसाबले सबैभन्दा कम राजश्व उठने वर्ष हुन सक्ने सम्भावना हालका तथ्यांकले देखाएको छ ।

कार्यालयले साउनमा लिएको लक्ष्य १७ अर्ब ८ करोड ८५ लाख ५५ हजार थियो, जसमध्ये १ अर्ब ३५ करोड ४८ लाख हजार उठाउन सफल भएको छ । पछिल्लो साउनमा २० अर्ब १ करोड ७३ लाख ६९ हजार उठाइएको थियो ।

भदौको लक्ष्य २ अर्ब २३ करोड ३६ लाख १३ हजार छ, जसमा १ अर्ब ४३ करोड ४९ लाख १२ हजार राजश्व उठेको छ । पछिल्लो भदौमा उठेको जम्मा रकम १ अर्ब ६४ करोड ६५ लाख ७१ हजार थियो ।

असोजमा पनि कार्यालयले खासै राजश्व उठाउन सकेन । जम्मा लिएको लक्ष्य २ अर्ब ३४ करोड १८ लाख १४ हजार थियो । जसमध्ये कार्यालयले १२ अर्ब ८५ करोड ५७ हजार उठायो । जबकी अन्तिम असोजमा कार्यालयले २ अर्ब ३७ करोड २४ लाख ६ हजार थियो ।

कात्तिकमा २०।३८ प्रतिशतले कम हुँदै राजश्व २ करोड अर्ब ३९ करोड ८२ लाख ७ हजार रहेको लक्ष्यमध्ये १ अर्ब ५४ करोड ५६ लाख ५२ हजार छ । जबकी विगतको कात्तिकमा कार्यालयले १ अर्ब ९४ करोड १२ लाख ७२ हजार उठाएको थियो ।

मंसिर महिनमा कार्यालयले २ अर्ब ४९ करोड ५० लाख ९ हजार लक्ष्यको १ अर्ब ३७ करोड ७४ लाख ६० हजार उठाएको छ । जबकी पछिल्लो मंसिरमा २ अर्ब ११ करोड २५ लाख ६१ हजार रकम असुली भएको थियो ।

कार्यालयले यसवर्षको सुरुको ६ महिना भित्र लक्ष्य बमोजिमको राजश्व उठाउन नसक्नुको कारण बाँकेमा भन्सार छलीका घटना बढ्नु हो ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १ : २५ बजे

सुनको भाउ प्रतितोला साढे ९ हजारले वृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकाएक ह्वात्तै बढेको

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने

सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी सङ्गठनका

हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते

कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाकोे मृत्यु भएको

विवाह भोज खाएका बेहुला-बेहुलीसहित सबै बिरामी, शिविरमार्फत उपचार सुरु

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै