११ असार २०८३, बिहिबार | June 25, 2026

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन



बाँके । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा रु नौ अर्ब ३४ करोड ६४ लाख राजस्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि पुससम्म छ महिनामा वार्षिक लक्ष्यको ३८.०८ प्रतिशत राजस्व सङ्कलन भएको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए । उनका अनुसार, नेपालगञ्ज भन्सारको चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रहेकामा हालसम्म कुनै पनि महिनामा निर्धारित मासिक लक्ष्य हासिल गर्न सकेको छैन । लक्ष्य पूरा गर्न बाँकी छ महिनामा करिब ६२ प्रतिशत भन्सार राजस्व असुल गर्नुपर्ने हुन्छ ।

नेपालगञ्ज भन्सारमा चालु आवको साउन महिनामा रु एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार लक्ष्य रहेकामा ७४ दशमलव १४ प्रतिशत रु एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार, भदौ महिनामा रु एक अर्ब ९३ लाख ६४ हजार ५४ लक्ष्य रहेकामा ६९ दशमलव ७७ प्रतिशत रु एक अर्ब ३५ करोड १० लाख नौ हजार राजस्व सङ्कलन भएको छ ।

यसैगरी असोज महिनामा रु एक अर्ब ९८ करोड ३१ लाख ३० लक्ष्य रहेकामा ८७ दशमलव ८३ प्रतिशत रु एक अर्ब ७४ करोड १६ लाख पाँच हजार, कात्तिक महिनामा रु दुई अर्ब १२ करोड ६१ लाख ३० हजार लक्ष्य रहेकामा ७२ दशमलव ३० प्रतिशत रु एक अर्ब ५३ करोड ७० लाख ८२ हजार, मङ्सिर महिनामा रु एक अर्ब ९६ करोड ३६ लाख १४ हजार लक्ष्य रहेकामा ८३ दशमलव ४५ प्रतिशत रु एक अर्ब ६३ करोड ८५ लाख १० हजार र पुस महिनामा रु दुई अर्ब तीन करोड ४५ लाख २१ हजार लक्ष्य रहेकामा रु एक अर्ब ६९ करोड ४४ लाख १३ हजार राजस्व सङ्कलन भएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौ महिनामा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत, मङ्सिरमा ७६.२७ र पुसमा ७१.१५ प्रतिशत राजस्व सङ्कलन भएको थियो । नेपालगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा रु ३८ अर्ब बढीको मालसामान आयात निर्यात भएको छ । भन्सार कार्यालयका अनुसार, पुस मसान्तसम्म रु ३८ अर्ब ९८ करोड ५७ लाख ६१ हजार बराबरको कारोबार भएको हो । कार्यालयबाट चालु आवको छ महिनामा रु ३७ अर्ब ६२ करोड ७३ लाख ३२ हजार बराबरको आयात हुँदा निर्यात भने रु एक अर्ब ३५ करोड ८४ लाख २९ हजारको मात्रै भएको छ ।

अघिल्लो आवको सोही अवधिमा कार्यालयबाट रु ३५ अर्ब २७ करोड ६५ लाख आठ हजारको आयात र रु एक अर्ब १६ करोड ३९ लाख १२ हजार बराबरको मात्रै निर्यात भएको थियो । अघिल्लो आव र चालु आवको ६ महिनाको तुलना गर्दा आयात ६.६६ प्रतिशत, निर्यात १६.७१ प्रतिशत र जम्मा व्यापार ६.९८ प्रतिशतले बढेको छ । कार्यालयबाट हुने व्यापार घाटा अघिल्लो आव र चालु आवको छ महिनाको अवधिमा उस्तै रहेको छ । अघिल्लो आवको छ महिनामा व्यापार घाटा ९६।७ प्रतिशत रहेकामा चालु आवमा व्यापार घाटा ९६.३८ रहेको कार्यालयका सूचना अधिकारी खड्काले बताए ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ३ : ३६ बजे

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तरराष्ट्रिय बजारमा कच्चा

आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

पाल्पा । यहाँको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा विपक्षीको नाममा कारण देखाऊ आदेश

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण सम्बन्धी

विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गको काभे्रपलाञ्चोक–सिन्धुली खण्डमा स्थायी