२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

सलाम एयरले गर्यो ट्राभल्स एजेन्सीहरुलाई सम्मान



काठमाडौं । सलाम एयरलाईन्सले नेपालस्थित आफ्ना टिकट बिक्री गर्ने ट्राभल्स एजेन्सीहरुलाई सम्मान गरेको छ । सन २०२२ भित्र टिकट बिक्री गर्ने उत्कृष्ट १० ट्राभल्स एजेन्टहरुलाई सम्मान गरेको हो ।

सन् २०१८ देखि नियमित उडान गरिरहेको सलामले हाल विभिन्न ३५ वटा गन्तब्यमा नियमित तथा केही अन्य गन्तब्यहरुमा सिजनल सेवा पु¥याउँदै आएको छ । नेपालमा छिट्टै दैनिक उडान भर्ने जनाएको छ ।

हालै काठमाडौंस्थित एलफ्ट होटलमा आयोजित एक विशेष कार्यक्रमकावीच सलाम एयरलाइन्सले नेपालमा क्रियाशिल ट्राभल्स एजेन्सीहरुलाई विभिन्न विद्यामा सम्मानित गरेको हो ।

विभिन्न विद्या अन्तर्गत टप रेभिन्यु पर्फर्मेन्स अवार्डबाट बेस्ट वे ट्राभल्स एन्ड टुर्स प्रालि, एक्सल ट्राभल्स एन्ड टुर्स प्रालि, हार्वेस्ट मून ट्राभल्स एन्ड टुर्स प्रालि, वोपन अवे ट्राभल्स एन्ड टुर्स प्रालि, प्रयास ट्राभल्स एन्ड टुर्स प्रालि, रस्बिता ट्राभल्स एन्ड टुर्स प्रालि र सी लिन्क ट्राभल्स एन्ड टुर्स प्रालि भएका छन् ।

त्यस्तै मस्ट इम्प्रुभ्ड रेभिन्यु कन्ट्रीब्यूटर अवार्डबाट मस्र्याङ्दी ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएका छन् । त्यस्तै हाइऐस्ट एन्सिलरी रेभिन्यु कन्ट्रीब्यूटर अवार्ड जिओलोजी ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित हुनुभएको छ । त्यसैगरी राइजिङ्ग स्टार अन्तर्गत मार्वलस ट्राभल्स एन्ड टुर्स प्रालिलाई सम्मान गरेको छ ।

सोही अवसरमा सलाम एयर लाईन्सले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत काठमाडौंमा सन्चालित मानसिक सन्तुलन गुमाएका सडक बालबालिका तथा नागरिकहरुको लागि काम गरिरहेको संस्था नेपाल स्नेही काख नेपाललाई खाध्य सामाग्री तथा लत्ता कपडा बितरण पनि गरिएको थियो ।

सलाम एयर लाईन्सको नेपालस्थित जीएसए आइएमई इन्टरनेशनल ट्राभल्स प्रा लिले आयोजना गरेको उक्त कार्यक्रम आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा सलाम एयरका प्रतिनिधिहरुले बिजेता ट्राभल्सहरुलाई बधाई दिँदै आगामी दिनमा थप सहयोगको अपेक्षा रहेको बताए ।
आइएमई इन्टरनेशनल ट्राभल्स आइएमई ग्रुपद्वारा संचालित गु्रपको एक भगिनी संस्था हो ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ४ : ३६ बजे

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बागलुङ । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश

काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर

वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्र : बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौं । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा