१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

द ब्रिटिस कलेज र उपकेयर हेल्थबीच सम्झौता



काठमाडौ । द ब्रिटिस कलेज र युकेको उपकेयर हेल्थ लिमिटेडबीच सम्झौता भएको छ । सम्झौता अनुसार अब उपकेयरले द ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी र कार्यरत कर्मचारीहरुलाई प्राथमिक हेल्थकेयर उपलब्ध गराउनेछ ।

बेलायतमा रहेको उपकेयरले दक्षिण एसियामा प्राथमिक स्वास्थ्य सेवालाई रूपान्तरण गर्न क्रान्तिकारी डिजिटल प्लेटफर्म प्रयोग गर्दै आइरहेको छ ।
यो संस्था ब्रिटिस चिकित्सक र इन्जिनियरहरुले समतामूलक, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्थापना गरेका हुन् । उपकेयरले बिरामी–केन्द्रित र व्यापक र आर्टिफिसियल इन्टेलिजेन्समार्फत संचालित डिजिटल स्वास्थ्य प्लेटफर्मको विकास गरेको छ ।

यो सम्झौता अनुसार द ब्रिटिस कलेजमा कार्यरत कर्मचारी र अध्ययनरत विद्यार्थीहरूको लागि उपलब्ध हुनेछ । उनीहरूलाई प्राथमिक स्वास्थ्य सेवासम्बन्धि सुविधाहरु व्यवसायिक स्वाथ्यकर्मीहरुबाट मिल्नेछ ।

यस प्लेटफर्मबारे जानकारी दिदैँ प्रमुख चिकित्सा अधिकारी र उपकेयर हेल्थका सह–संस्थापक डा नाथले भने, ‘दुर्भाग्य भन्नुपर्छ, नेपाल र अन्य दक्षिण एसियाली देशमा प्राथमिक स्वास्थ्य सेवालाई महत्वका साथ हेरिदैन । ९० प्रतिशत स्वास्थ्य समस्याहरु प्राथमिक स्वास्थ हेरचाहबाट नै समाधान गर्न सकिन्छ । आम मानिसहरूलाई कसरी स्वस्थ, सुखी जीवन बिताउन सकिन्छ त्यस कार्यमा हामी काम गर्दै आइरहेका छौँ ।’

यस्तै ब्रिटिस कलेजका सिईओ तथा संस्थापक राजन कँडेलले युनिभर्सिटी प्राइमरी हेल्थकेयर बेलायतमा अध्ययन गर्ने विद्यार्थीका लागि सुनौलो मापदण्डको प्रावधान रहेका बताए ।
हामी आफैँले पनि यो सम्झौतामार्फत हाम्रा विद्यार्थीहरूलाई ब्रिटिश अनुभव दिने प्रतिबद्धता गरेका छौँ । यसका लागि उपकेयरबाहेक अर्को विकल्प हुनसक्दैन उनले भने ।
ब्रिटिस कलेजसँगको सम्झौताबारे बोल्दै,उपकेयर हेल्थकेयरकी सिइओ र सह–संस्थापक डा. सुमित्रा काफ्लेले ब्रिटिश कलेजसँग काम गर्न पाउँदा हामी निकै उत्साहित छौ भएके बताइन । पहिलो भेटमा नै विद्यार्थी र कर्मचारीहरूको समग्र स्वास्थ्य सेवालाई लिएर कलेज प्रतिवद्ध रहेको उनको भनाई थियो । आमाबाबुका आफ्ना सन्तानका लागि दुईवटा कुराहरु राम्रो शिक्षा, राम्रो शारीरिक र मानसिक स्वास्थ्य महत्वपुर्ण ठान्छन् । अब ब्रिटिश कलेजले अभिभावकहरूलाई यो विश्वास दिलाउनेछ ।’उनले भनिन ।

ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीहरु र कार्यरत कर्मचारीहरुलाई स्वास्थ वातावरण निर्माण गर्नका लागि नियमित रूपमा विभिन्न कम्पनीहरूसँग सम्झौता गर्दै आइरहेको छ ।
विद्यार्थीहरूको लागि नयाँ सम्भावनाहरू अगाडि बढाउन कलेजले विभिन्न क्षेत्रसँग हातेमालो समेत गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ४ : ४६ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले