२२ बैशाख २०८१, शनिबार | May 4, 2024

नेपालमै पहिलो ट्राम रेलवेको तिलोत्तमामा शिलान्यास, १ वर्ष भित्रमा रेल संचालनमा आउने



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा परिकल्पना गरिएको रिङरोडमा नेपालमै पहिलो मेट्रो ट्राम रेल संचालन हुने भएको छ । सरकार र प्राइभेट कम्पीको साझेदारीमा संचालन गर्ने तयारी गरिएको रेलवे सेवाको आज एक कार्यक्रमकाबीच शिलान्याश गरिएको छ । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले रेलेवे सेवाको शिलान्यास गरे ।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले रेलेवे सेवालाई तिलोत्तमा नगरपालिकाको गौरबको आयोजनाका रुपमा अगाडि सारिएको जनाए । रेलवे सेवालाई निजी कम्पनीले संचालन गर्ने योजना बनाएपनि सो सेवा तिलोत्तमाबासीको साझा सम्पत्ति हुने उनले बताए । उनले तिलोत्तमा नगरमा नगर विकास कोषले एक हजार विगाहामा नयाँ शहर विकास गर्ने काम समेत अघि बढिरहेको उनले बताए । धेरै परियोजनाहरु नगरमा संचालन भैरहेको उनले बताए ।

तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडका अध्यक्ष हरि तिवारीले समुदाय, स्थानीय पालिका र र एडिबी लगायत दातृ निकायहरुको सहयोगमा परियोजना संचालन गरिने जानकारी दिए। उनले एक वर्षभित्र ४ किलोमिटरको तयारी पुरा गरेर संचालन हुने जनाउँदै लुम्बिनी प्रदेश सरकारबाट प्राप्त १५ लाख रुपैयाँबाट डिपिआर तयार गरिएको जानकारी दिए ।

रेल्वे कम्पनीका प्रबन्ध निर्देशक भोला शर्माले साढे ८ अर्ब लागतमा ५० किलोमिटरको रेल सेवा संचालन हुने बताउँदै आवश्यकता अनुसार लुम्बिनी, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पूर्व पश्चिम राजमार्गमा जोड्ने गरि डीपीआर तयार भएको जानकारी दिए । प्रदेश र नगरपालिकाबाट ५१ प्रतिशत र जनताबाट बाँकी लगानीको तयारी रहेको उनले बताए । शर्माका अनुसार चक्रपथको ४३ फिट भित्री बाटोको छेउँमा जोडेर १४ फिट भागमा ट्राम रेल संचालन हुने छ ।

यो विद्युतबाट चल्ने र ७० जना चढ्न मिल्ने लाईट रेल्वे भएको उनले बताए । रेल सेवामा दैनिक ३० हजार, ८ लाख मासिक र वर्षमा १ करोड मानिसले सेवा लिने तथा यसबाहेक सामान ढुवानी लगायतको समेत सेवा दिन सकिने सम्भावना रहेको उनले बताए । यसबाट वार्षिक १ अर्ब १० करोड आम्दानी गर्ने र खर्च कटाएर १ अर्ब बचत हुने पनि उनले दाबी गरे ।

शर्माका अनुसार परियोजना सुरु भएपछि एक सय जना स्थायी कर्मचारीले प्रत्यक्षे रोजगार पाउने छन् । ६ वटा ट्राम टाईगर प्यालेस, ६ वटा ट्राम रोहिणीतर्फ चल्ने छ भने एक दिनमा एउटा ट्राममा एक पटकमा २५ सय चढ्ने सक्ने छन् ।

५० करोड शेयर पुँजी रहेको रेलेवे कम्पनीको चुक्ता पुँजी ५ करोड रहेको छ । काम सुरु भएसँगै चुक्ता पुँजी बढाउँदै लगिने कम्पनीले जनाएको छ । २ वर्षमा कार्य सम्पन्न गर्ने गरि रेलवेको सुर्यविनायक कन्ट्रक्सनले ठेक्का पाएको छ ।

कम्पनीका सचिव डिल्लीनारायण पाण्डेले देशकै नमुना रेल्बे संचालन गर्ने अभियानमा पछिल्लो समय स्थानीयको सहभागीता बढ्दै गएको बताए ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  १० : ५५ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिम आइतबार अमेरिका जाँदै

काठमाडौं । टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार वैशाख २३

रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने, महामन्त्रीलाई प्रतिवेदन बनाउने जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको

भन्सारबाट उठेको सतप्रतिशत रकम राज्य कोषमा दाखिला हुनुपर्छ, कर्मचारीलाई कमिसन किन ? : सांसद साह

काठमाडौं । आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि

काठमाडौं महानगरले अग्नि प्रभावित गुल्मी र दाङका २ पालिकालाई १०-१० लाख अनुदान दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको