२७ असार २०८३, शनिबार | July 11, 2026

नयाँ प्रधानमन्त्रीलाई शपथ खुवाउन शीतल निवास तयार



काठमाडौं । नयाँ प्रधानमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउन राष्ट्रपति कार्यालय तयारी अवस्थामा रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको एक साताको समय आइतबार बेलुका ५ बजे सकिँदै छ । दलहरु घनिभूत छलफल छन् । तर, हालसम्म कुनै पनि दलले बहुमत जुटाउन सकेका छैनन् ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदमा बहुमतसहित दाबी गर्न राष्ट्रपति भण्डारीले दिएको समय सकिन साढे २ घण्टा बाँकी रहँदा पनि दलीय सहमति जुटिसकेको छैन ।

यही बेला राष्ट्रपति कार्यालय भने नयाँ प्रधानमन्त्रीलाई शपथ ग्रहण गराउन तयारी अवस्थामा छ ।

‘नयाँ प्रधानमन्त्रीलाई शपथ गराउन राष्ट्रपति कार्यालय तयारी अवस्थामा छ,’ राष्ट्रपतिको प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  २ : १८ बजे

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका