१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

फिलिपिन्समा आएको बाढीका कारण दशौँ हजार मानिस घर छोडेर भाग्न बाध्य



फिलिपिन्स । फिलिपिन्समा क्रिसमसको दिन आएको बाढीका कारण करिब ४६ हजार मानिसलाई घरबाट विस्थापित भएको नागरिक सुरक्षा अधिकारीहरूले सोमबार बताएका छन् ।

देशको दक्षिणी र पूर्वी क्षेत्रमा एक साताको भारी मौसमी वर्षाका कारण आठ जनाको मृत्यु हुनुका साथै अन्य १९ जना बेपत्ता भएका छन् ।

क्याथोलिक धर्मावलम्बीको बाहुल्यता रहेको यस देशको सबैभन्दा महत्वपूर्ण चाडको अवसरमा मनाइने उत्सवमा आइतबार आएको बाढीले क्षति पु¥याएको छ ।

“शनिबार र आइतबार व्यापाक बर्षाका कारण केही क्षेत्रमा पानी करिब चार फिटसम्म जम्मा भएको छ तर सोमबार वर्षा रोकिएको छ,” गिङ्गोग शहरबाट नागरिक सुरक्षाकर्मी रोबिन्सन लाक्रेले फोनमार्फत् एएफपीसँग बताए ।

सामुद्रिक सुरक्षा गार्डले दक्षिणी शहर ओजामीज र नजिकैको क्लारिन शहरका दुई दर्जनभन्दा बढी परिवारका सदस्यलाई उद्धार गरेको जनाएको छ ।

सामुद्रिक सुरक्षागार्डले सार्वजनिक गरेको तस्बिरमा उद्धारकर्ताले रातको समयमा बालबालिकालाई घरहरूबाट उद्धार गरी कम्मरसम्म डुबेको अवस्थामा बाढीको पानी पार गरिरहेको देखिएको छ । नजिकैको दक्षिणी शहर जिमेनेज र टुडेलामा डुबेर तीन जना र एक अन्य गरी चार जनाको मृत्यु भएको छ ।

सुरक्षा गार्डका अनुसार तीव्र हावाहुरी र ठूलो छालका कारण क्रिसमसको दिन मध्य टापु लेटेको तटमा माछा मार्ने एउटा डुङ्गा डुबेको थियो । चालक दलका दुई सदस्यको मृत्यु भएको छ भने अन्य छ जनाको उद्धार गरिएको छ ।

पूर्वी शहर लिब्मानन र तिनामबाकमा क्रिसमसको केही दिनअघि आएको बाढीका कारण एक बालिकासहित अन्य दुई जनाको डुबेर मृत्यु भएको नागरिक सुरक्षा कार्यालयले जनाएको छ ।

उन्नाइस जना हराइरहेका छन्, जसमध्ये अधिकांश देशको प्रशान्त महासागरीय तटका निर्वाहमुखी मछुवाहरू हुन् । उनीहरू क्रिसमसको केही दिन अघि कठिन सङ्घर्षका बावजुद समुद्रमा डुबेका थिए ।

११ करोड जनसङ्ख्या भएको यो विपत्तिग्रस्त राष्ट्रले क्रिसमसको लामो बिदाको तयारी गरिरहँदा मौसम खराब भएको थियो ।

क्रिशमसका समय लाखौं मानिसहरू पारिवारिक पुन ः मिलनको लागि आफ्नो गृहनगरमा आउने गर्छन् ।

फिलिपिन्स जलवायु परिवर्तनको प्रभावको हिसाबले सबैभन्दा जोखिमयुक्त राष्ट्रहरूमध्ये एकमा पर्दछ ।

वैज्ञानिकहरूले संसारभरि तापक्रम बढ्दै जाँदा आँधीबेहरी अझ शक्तिशाली हुँदै गएको चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १२ : ४६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले