४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्री प्रचण्डले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति निवास शितल निवासमा सोमबार अपरान्ह आयोजित विशेष कार्यक्रममा नवनियुक्त प्रधानमन्त्री प्रचण्डले शपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई नेपालको संविधानअनुसार पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।

संविधानको धारा ७६ को उपाधारा २ अनुसार बहुमत दल र सांसदको समर्थनसहित दाबी गरेपछि भण्डारीले प्रचण्डलाई हिजो प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन ।

शपथ ग्रहण समारोहमा प्रचण्ड आफ्नो व्यक्तिगत जीवनमै पहिलो पटक दौरा सुरुवाल र भादगाउँले टोपीमा सजिएका छन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका विशिष्ट अतिथिहरु एवं सरकारलाई समर्थन गरेका दलका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ४ : २९ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज