३ माघ २०८२, शनिबार | January 18, 2026

नेतृत्वको कमजोरीले पार्टी अहिलेको अवस्थामा पुगेको कांग्रेस लुम्बिनीको निष्कर्ष



बुटवल । पार्टीको केन्द्रीय नेतृत्वप्रति नेपाली काँग्रेस लुम्बिनीले गम्भीर असन्तुष्टी प्रकट गरेको छ । सबैभन्दा ठूलो दल भएर पनि पार्टी अहिलेको अवस्थामा पुग्नुमा नेतृत्वको कमजोरी रहेको कांग्रेस लुम्बिनीको निष्कर्ष छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य सम्पादन समितिको सोमबार बुटवलमा बसेको बैठकले नेतृत्वले कमजोरी स्वीकार्नुपर्ने निष्कर्ष समेत निकालेको छ । प्रदेश सभापति अमरसिंह पुनको अध्यक्षतामा बसेको बैठकले देशको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा गहन छलफल गरेको कांग्रेस लुम्बिनीले जनाएको छ ।

कांग्रेस नेतृत्वको अदुरदर्शीताका कारण पार्टी राष्ट्रको बागडोर सम्हाल्ने अवसरबाट बन्चित भएको काँग्रेस लुम्बिनीको ठहर छ । प्रदेश सभापति पुनले जनताले दिएको म्यान्डेट र भावना बमोजिम अहिले नेतृत्व चल्न नसकेको बताए ।

उनले अहिलेको सरकार जनादेश विपरित बनेको र यसले नागरिकको आकांक्षा पुरा गर्न नसक्ने पनि दाबी गरेका छन् । बैठकले पार्टी सहमहामन्त्री विष्णु मुस्कान संयोजक रहने गरी महेन्द्र पाण्डे र रिना नेपाल सदस्य रहेको तीन संसदीय दलको विधान निर्माण उपसमिति बनाएको छ ।

प्रदेश संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचनका लागि सहमहामन्त्री खगराज पाण्डेको नेतृत्वमा विष्णु कुमारी सापकोटा र देवनारायण चौधरी सदस्य रहेको उपसमिति पनि निर्माण गरेको छ । संसदीय दलको निर्वाचन शपथ ग्रहण लगतै तय हुने लुम्बिनी कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ७ : १४ बजे

एमालेले टुंग्यायो ७७ जिल्लाको उम्मेदवार, ओली भावी प्रधानमन्त्री (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा चुनावका लागि केहि निर्वाचन

विष्णु पौडेलले छाडे रुपन्देही

बुटवल । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही

प्रहरीका ११ एसएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले नेपाल

झापामा एमालेद्वारा ६२ सदस्यीय नेसनल भोलेन्टियर फोर्स गठन

झापा । नेकपा एमालेले केहीसमय अघि गठन गरेको नेशनल भोलेन्टियर

पर्वतबाट नेकपाको उम्मेदवार बने मनहरी तिमिल्सिना

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पर्वत जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि