२४ भदौ २०८३, बुधबार | September 9, 2026

ललितपुरबाट एकल सिफारिसमा परेका नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट उम्मेदवार बन्ने



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सर्लाही-३ बाट उम्मेदवार बन्ने बताएका छन्।

नेता श्रेष्ठले आगामी फागुन २१ गते हुँदै गरेको प्रतिनिधिसभा निर्वाचनका लागि नेकपाबाट आफू सर्लाही ३ बाट उम्मेदवार बन्न लागेको बताए ।

राष्ट्रियसभाका सदस्य रहेका नेता श्रेष्ठसहित राष्ट्रियसभाका १९ सांसदको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ।

नेकपाले सर्लाही-३ बाट श्रेष्ठसँगै अच्युतम काफ्ले, रामेश्वर राय यादव, नरेन्द्र साह, राजकुमार यादव, सञ्जय गुप्ता, विश्वनाथ सिंह लगायतलाई पनि उम्मेदवार सिफारिस गरेको थियो।

हरिवन र बागमनी नगरपालिकासहितको भूगोल पर्ने सर्लाही-३ मा पर्ने स्थानीय तहको निर्वाचनमा यी दुवै पालिकामा माओवादी उम्मेदवार विजयी भएका थिए।

नेता श्रेष्ठलाई नेकपाले ललितपुर क्षेत्र नम्बर-३ बाट उम्मेद्वारका लागि नेकपाको जिल्लाबाट एकल सिफारिस गरेको छ।

 

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ५ : ५३ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको