१५ माघ २०८२, बिहिबार | January 29, 2026

मेलामा कृषि जन्य उद्योग व्यवसायको अवसर, सम्भावना र चुनौती विषयक गोष्ठी हुने



बुटवल । १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को अवसरमा रूपन्देही उद्योग संघले मंगलवार आज पुष १२ गते प्रदर्शनी स्थलमा रुपन्देहीमा कृषिजन्यउद्योग व्यवसायको अवसर, सम्भावना र चुनौती विषयक एक दिने गोष्ठीको आयोजना गर्दैछ । स्वदेशी उत्पादनको पहिचान र व्यवसायिक प्रवद्र्धनका लागि आयोजित प्रदर्शनीमा कृषि जन्य उद्योगको सम्भावनाको खोजी गर्ने लक्ष्य सहित गोष्ठीको अयोजना गरिएको जनाइएको छ ।

गोष्ठीमा कृषिजन्य उद्योग व्यवसायको अवसर, सम्भावना र चुनौतीको अवस्थाका बारेमा दुई चरणमा गरी कृषि र भेटका विषयमा विषय विज्ञहरुको प्रस्तुती रहने गोष्ठी तथा सेमीनार उपसमितिका संयोजक राजु घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार पहिलो चरणमा कृषि क्षेत्रका अवसर, सम्भावना र चुनौतीका विषयमा लुम्बिनी प्रदेश कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत शिव अर्याल, बाली सुरक्षा अधिकृत घनश्याम चौधरी, वरिष्ठ कृषि अर्थविज्ञ हरि पण्डीत र वरिष्ठ वागवानीविकास अधिकृत सन्देश धितालको छुट्टाछुटै प्रस्तुती रहने छ भने दोस्रो चरणमा वरिष्ठ पशु विकास अधिकृत परवेज आलम, वरिष्ठ मत्स्य विकास अधिकृत दिपक भुसाल, पशु चिकित्सक डा। उत्तम आचार्य र पशु विकास अधिकृत हुमाकान्त पाण्डेको प्रस्तुति रहने छ ।

प्रस्तुत विषमा रुपन्देही उद्योग संघका आर्थिक सल्लाहकार तथा राममणी बहुमुखी क्याम्पसका सहप्रध्यापक डा।खगराज शर्मा र पशु चिकित्सक डा।गान्धीराज उपाध्यायले टिप्पणी गर्ने कार्यक्रम रहेको छ । वक्ताहरुले रूपन्देहीमा कृषि र पशुका क्षेत्रमा भएको लगानी, लगानी मैत्री वातावरण, पूर्वाधार र चुनौतिका विषयमा तथ्य गत जानकारी गराउनु हुने जनाइएको छ । कार्यक्रममा प्रदर्शनीमा सहभागी कृषि क्षेत्रका स्टलधनी, उद्यमी र कृषकहरुको उपस्थिति रहने छ ।

रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा पुष ७ गतेदेखि जारी १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ मा सोमवार पनी दर्शकहरुको सहभागिता र कारोवार उल्लेखनीय भएको प्रदर्शनी सचिवालयले जनाएको छ । प्रदर्शनी अवलोकन गर्न आएका अवलोकनकर्ताहरु खुशीका साथ अवलोकन गरेका थिए ।

प्रदर्शनीमा मनोरञ्जन

प्रदर्शनीको मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत सांस्कृतिक प्रस्तुती तथा प्रतियोगिताहरु जारी छ । सोमवार स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती, दोहोरी गितप्रतियोगिता, तथा प्रदर्शनी आइडल कार्यक्रमका सहभागीहरुको छनौट प्रस्तुती एवं छनौट प्रक्रिया भएको छ । जसमा दोहोरी गित प्रतियोगिता अन्तरगत सोमवार दरबार रोधी क्लव काठमाडौं र गोधुली रोधी बुटवलवीच प्रतिष्पर्धा भएको छ । राष्ट्रिय तथा स्थानियक लाकारहरुको प्रस्तुती कार्यक्रममा गायक÷गायिका रितु कंडेल, शिलु भट्टराई, बैकुण्ठ महत, सुनिता बुढा, डान्सर आरती ज्ञवालीको प्रस्तुति रहेको थियो ।

सांस्कृतिक कार्यक्रम अन्तरगत मंगलवार प्रदर्शनी आइडलमा टप आठको प्रस्तुती रहने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती कार्यक्रममा चर्चित आधुनिक गायक रुपक डोटेल, लोक गायक नविन पौडेल, गायिका समिता घिमिरे, गायीका कल्पना कुशुम र गायक कमल भट्टराईको प्रस्तुती रहने छ । दोहोरी गित प्रतियोगिता अन्तरगत मंगलवार खस्र्यौली दोहोरी क्लब प्रालि, बुटवल र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेशकावीच प्रतिष्पर्धा हुने भएको छ । त्यसैगरी अन्तरविद्यालय स्तरिय लोकनृत्य प्रतियोगिताको पनि आयोजना हुने जनाइएको छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ८ : ३६ बजे

बाँके-३ का रास्वपा उम्मेदवार खगेन्द्र सुनारलाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बाँके क्षेत्र नम्बर

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौँ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

संसद पुनःस्थापनाका लागि रिट पेस गर्ने पूर्वसांसदको टोली सर्वोच्च अदालत जाने

काठमाडौँ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि रिट पेस गर्ने नेपाली कांग्रेसका

रास्वपा उम्मेदवार खगेन्द्र सुनारले राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं । नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न÷प्रतीक र राष्ट्रिय जनावरको

भदौ २३ गते गोली चलाउने आदेश नदिएको ओलीको स्पष्टिकरण, ‘भ्रमपूर्ण प्रचारमा नपर्न’ आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले