३ माघ २०८२, शनिबार | January 18, 2026

काठमाडौं–केरुङ रेलमार्ग अध्ययनका लागि चिनियाँ टोली काठमाडौंमा



काठमाडौं । काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय टोली नेपाल आइपुगेको छ ।

यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको सो रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली यहाँ आइपुगेको रेल विभागले जानकारी दिएको छ ।

विभागका प्रवक्ता अमन चित्रकारका अनुसार चिनियाँ विज्ञ र विभागको सहकार्यमा सम्भाव्यता अध्यनयको प्रक्रिया अगाडि बढ्नेछ । यसअघि पनि चिनियाँ सहयोगमा नै सो परियोजनाको पूर्वसम्भाव्यता अध्ययन भएको थियो । चिनियाँले सम्भाव्यता अध्ययनलाई नै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)को तहमा बुझ्ने गरेका छन् ।

सरकारले सम्भाव्यता अध्ययनका लागि यसअघि नै चीनलाई आग्रह गरेको थियो । कोरोना कहरलगायतका कारणले चिनियाँ प्राविधिक टोली नेपाल आउन सकेको थिएन । सरकारको पटक–पटकको आग्रहपछि चिनियाँ प्राविधिक टोली नेपाल आएको हो । टोलीले नै समग्र आयोजनाको अध्ययन गर्नेछ । विभागले त्यसका लागि समन्वय गर्नेछ ।

बेल्ट एण्ड रोड अवधारणामा निर्माण गर्ने गरी नेपालले चीनसँग प्रस्ताव गरेको विभिन्न नौ परियोजनामध्येको एक हो रेलमार्ग । गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण र तत्कालीन परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणमा समेत सो परियोजनाका बारेमा छलफल भएको थियो । आयोजनाको सम्भाव्यता अध्ययनसमेत चिनियाँ सहयोगमा नै सम्पन्न हुनेछ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ८ : १४ बजे

एमालेले टुंग्यायो ७७ जिल्लाको उम्मेदवार, ओली भावी प्रधानमन्त्री (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा चुनावका लागि केहि निर्वाचन

विष्णु पौडेलले छाडे रुपन्देही

बुटवल । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही

प्रहरीका ११ एसएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले नेपाल

झापामा एमालेद्वारा ६२ सदस्यीय नेसनल भोलेन्टियर फोर्स गठन

झापा । नेकपा एमालेले केहीसमय अघि गठन गरेको नेशनल भोलेन्टियर

पर्वतबाट नेकपाको उम्मेदवार बने मनहरी तिमिल्सिना

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पर्वत जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि