३ माघ २०८२, शनिबार | January 18, 2026

प्यूठानकी २२ वर्षीय युवतीको भैरहवामा रहस्यमय मृत्यु

हत्याको दावी गर्दै किटानी जाहेरी दिएपनि प्रहरीले दोषीलाई पक्राउ गरेन : पीडित परिवार



बुटवल । पुस ४ गते प्यूठान नगरपालिका वडा नम्बर ५ जुम्रिकाडा निवासी लालमती खत्री आफ्नै कोठामा रहस्यमय मृत फेला परेकी थिइन ।रुपन्देहीको भैरहवामा बस्दै आएकी २२ वर्षिय लालमती पुस ४ गते मृत अवस्थामा मृत अवस्थामा फेला परेको घरपरिवारले बताएका हुन ।

रहस्यमय मृत्यु हुंदा पनि प्रहरीले आरोपित व्यक्तिलाई नियन्त्रणमा नलिएको पिडित परिवारले गुनासो गरेका छन् । २२ बर्षीय लालमती खत्री क्षेत्री सिद्धार्थनगर नगरपालिका वडा नम्वर १३ भैरहवा हाटबजार नजिकै आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन ।

मृतकका परिवारले लालमतीको आत्महत्या नभएर हत्या भएको सिद्धार्थनगर नगरपालिका वडा नम्वर १ रुपन्देहीका ३० बर्षीय जोर्डन विक्रम श्रेष्ठको नाममा किटानी जाहेरी दिएको छ ।

जोर्डनविक्रम श्रेष्ठको नाममा किटानीका साथ लिखित जोहरी दिएपनि प्रहरीले आरोपितलाई अहिलेसम्म नियन्त्रणमा नल्याएको बताएका छन् । घटनास्थलबाट प्राप्त प्रमाणका आधारमा लालमतीको आत्महत्या नभई हत्या भएको पिडित परिबारको दावी छ ।

लालमतीले दुई वर्षदेखि भैरहवामा लक्ष्मी बुटिङ टेलर सेन्टर सञ्चालन गर्दै आएकी थिइन । जोर्डनविक्रम श्रेष्ठको नाममा किटानी जाहेरी दिएको भएपनि प्रहरीले पक्राउ गरी अनुसन्धाननै नगरेको मृतक लालमती खत्रीका दाजु टेकराज केसीले बताए । मृतक लालमतीको कोठामा आरोपित व्यक्तिको नेपाली नागरिकता र सेतो गन्जीको कपडा भेटिएको भएपनि प्रहरीले भने प्रमाण नपुगको भन्दै जोर्डनविक्रम श्रेष्ठलाई पक्राउ गरेको छैन ।

पिडित परिबारले प्रमाणका रुपमा मृतक लालमती र आरोपित व्यक्तिको बीचमा भिडियो च्याटको विवरण, कुराकानी, लालमती बस्ने कोठामा भेटिएको कपडा लगाएर बनाएको भिडियो र भैरहवाको सार्थक बहुउद्देश्यीय सहकारीमा दुवै जनाले गरेको बचत पासबुक परिवारले प्रमाण्का लागि प्रहरीलाई दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दिपक कुंवरले आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी परेपनि आवश्यक कागजात नपुगेको जानकारी गराएका छन् । मृतक लालमतीका दाजुहरुले मंगलबार बुटवलमा पत्रकार भेटघाट गरी हत्या गरिएको सप्रमाण प्रहरीलाई बुझाए पनि प्रहरी प्रशासन जोर्डनविक्रम श्रेष्ठलाई पक्राउ गर्न आलटाल गरेको आरोप लगाए ।

मृतक लालमतीको पोष्ट मार्टम गरी लालमतीको शव बुटवलको लुम्बिनी प्रादेशीक अस्पतालको मुर्दाघरमा राखिएको छ । घटनामा संलग्नलाई तत्काल पक्राउ गरी हदैसमम्मको कारवाही नहुंदासम्म शव नउठाउने पीडित परिवारका सदस्यहरुले बताएका छन् ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  १० : ०५ बजे

एमालेले टुंग्यायो ७७ जिल्लाको उम्मेदवार, ओली भावी प्रधानमन्त्री (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा चुनावका लागि केहि निर्वाचन

विष्णु पौडेलले छाडे रुपन्देही

बुटवल । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही

प्रहरीका ११ एसएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले नेपाल

झापामा एमालेद्वारा ६२ सदस्यीय नेसनल भोलेन्टियर फोर्स गठन

झापा । नेकपा एमालेले केहीसमय अघि गठन गरेको नेशनल भोलेन्टियर

पर्वतबाट नेकपाको उम्मेदवार बने मनहरी तिमिल्सिना

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पर्वत जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि