५ पुस २०८२, शनिबार | December 20, 2025

बालकोटको बार्दलीपछि खुमलटारको कौसी : ओली-प्रचण्डबीच पुन: प्रेम मौलाउँदै



काठमाडौं । तीन दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्षको हैसियतमा पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगे ।

बालकोटमा सात दलबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भयो । प्रचण्ड प्रधानमन्त्री बने । प्रचण्ड प्रधानमन्त्री बनेको दुई दिनपछि एमाले अध्यक्ष ओली आज प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

विगतका गल्ती कमजोरीलाई स्वीकार गर्दै बालकोटको बार्दलीबाट हात हल्लाएर नयाँ गठबन्धनको सुरुवात गरेका ओली र प्रधानमन्त्री प्रचण्डबीच खुमलटारको कौसीमा दुई नेताबीच घाम ताप्दै छलफल भएको छ । ओली दुई वर्षपछि प्रचण्ड निवास पुगेका हुन् ।

प्रचण्डले आजै बिहान मात्र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरेका थिए । दुवैपार्टीलाई सरकारमा सहभागी गराउने विषयमा भएको छलफल लगत्तै ओली खुमलटार पुगेका हुन् ।

 

 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  १२ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको