१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश र संघीय सरकारमा सहभागी हुने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश तथा संघीय सरकारमा सहभागी हुने निर्णय गरेको छ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सशर्त रुपमा दुबै सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठ जानकारी दिए।

सरकारलाई समर्थन गरेका राजनीतिक दलकाबीच न्यूनतम साझा कार्यक्रम तय गरेर सहमति भएपछि मात्रै सरकारमा सहभागी हुने निर्णय भएको उनले बताए।

बैठकले हाल संघमा कायम भएको समीकरणलाई नै निरन्तरता दिँदै प्रदेशमा पनि पार्टी सरकारमा सहभागी हुने निर्णय भएको उनले बताए ।

सरकारमा सहभागी हुने कि नहुने भन्नेमा पार्टीभित्र ठुलै बहस हुँदै आएको थियो । समर्थक र जनस्तरबाट सरकारमा सहभागी नहुन सुझाव आएपनि अधिकांश नेताहरूले भने सरकारमा गएर आफ्नो एजेण्डा स्थापित गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिएका थिए ।

पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइनुपर्ने, पृथ्वी नारायण शाहको तस्बिर अंतिक नोट सार्वजनिक गरिनुपर्ने, सो दिन सार्वजनिक बिदा दिइनुपर्ने, भ्रष्टाचारविरुद्ध विषयमा प्रभावकारी कदम चालिनुपर्नेलगायतका माग पार्टीको रहेको प्रवक्ता श्रेष्ठले बताए ।उनले सर्तसहित सरकारमा सहभागी हुने निर्णय पार्टीले एकमतले गरेको पनि दाबी गरे ।​​

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ८ : १९ बजे

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद

यस्तो छ नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

काठमाडौँ । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त हुनुभएको

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

काठमाडौं । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा

सुनको मूल्य ४ हजार ६ सयले घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको