काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको नेपालको मौसमी प्रणालीमा आज हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । तराईका क्षेत्रमा शीतलहर रहको छ ।
प्रदेश-१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आज बिहान आंशिक बदली रहेको छ । तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश-१ र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ । प्रदेश-१ को हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
विभागले आज राति प्रदेश-१, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ । प्रदेश-१ र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रदेश–१ र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेकाले सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।



















प्रतिक्रिया