२० असार २०८३, शनिबार | July 4, 2026

सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । शक्ति बाँडफाँड र सरकारको साझा रणनीतिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो बस्ने सातदलीय गठबन्धनको बैठकले उपराष्ट्रपति, उपसभामुख, मन्त्री तथा प्रदेश सरकारलगायत बाँकी पद बाँडफाँडको विषयमा छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तीन दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भए पनि अरु पदको भागबन्डा टुंगिएको छैन । राष्ट्रपति र उपराष्ट्रपति भने क्रमशः एमाले र माओवादी केन्द्रले लिने अनौपचारिक सहमति छ ।

यस्तै सातवटा सरकार र प्रदेश प्रमुखको समेत टुंगो लगाउन बाँकी छ । चारवटा प्रदेशको नेतृत्व एमालेले लिने र दुईवटा माओवादी केन्द्रले तथा मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो नेतृत्व गर्ने विषयमा छलफल चलिरहेको छ । पुस २५ गते संसद बैठक बस्नुअघि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेको जनाएको छ ।

 

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ७ : ४४ बजे

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि

संघर्षपूर्ण जितसहित अर्जेन्टिना अन्तिम १६ मा, अब इजिप्टसँग भिड्ने

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अतिरिक्त समयमा संघर्षपूर्ण प्रदर्शन गर्दै