४ पुस २०८२, शुक्रबार | December 20, 2025

सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा सुरु



काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । शक्ति बाँडफाँड र सरकारको साझा रणनीतिबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक सुरु भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सातदलीय सत्ता साझेदार दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सरकारलाई समर्थन गरेका दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।

सरकार गठन भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । आजको बैठकमा मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका विषयमा छलफल हुनेछ । यस्तै प्रदेश सरकार गठनका विषयमा पनि छलफल हुने बताइएको छ । यसअघि बुधबार खुमलटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचमा छलफल भएको थियो ।

आजकै बैठकमा सरकारलाई समर्थन गरेका तर सहभागी नभएका राप्रपा लगायतका दलहरुलाई सरकारमा सहभागी गराउनेबारेमा पनि छलफल गरिने बताइएको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ९ : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको